धादिङको जवाङमा पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा,पहिरोको जोखिम कायमै
294 पटक पढिएको
धादिङ, १८ असोज । धादिङको बेनिघाट–रोराङ गाउँपालिका–१० जवाङखोला नजिक खसेको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ।
शुक्रबार बिहान करिब २:३० बजे सडक पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध भएको थियो। प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरी टोली, ट्राफिक प्रहरी तथा सडक विभागको सहयोगमा पहिरो पन्छाएर आवागमन एकतर्फी सञ्चालनमा ल्याईएको भएपनि रातीदेखि पानी परिरहेको कारण पहिरोको जोखिम कायमै रहेको हुँदा सक्दा सम्म यात्रा नगर्न र यात्रा गर्ने पर्ने अबस्था भए सुरक्षित यात्राका लागि धादिङ प्रहरीले यात्रु, सवारी चालक सबैलाई अनुरोध गरेको छ ।
अहिले सडक पूर्ण रूपमा सुचारु गर्न पहिरो पन्छाउने कार्य जारी रहेको धादिङ प्रहरीले जनाएको छ ।








https://shorturl.fm/87Fd4