देशका २० जिल्ला बाढी र डुबानको अति उच्च जोखिममा , रेड अलर्ट जारी
215 पटक पढिएको
काठमाडौँ, १८असोज । जल तथा मौसम विज्ञान विभागले देशका २० जिल्लामा बाढी र डुबानको अति उच्च जोखिम रहेको भन्दै रेड अलर्ट जारी गरेको छ।
विभागका अनुसार, कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशसम्मका विभिन्न जिल्लामा हाल अत्यधिक वर्षा भइरहेको छ। ती जिल्लाहरूमा नदी–नाला र तटीय क्षेत्रमा बाढी, डुबान र पहिरोको जोखिम अत्यधिक रहेको चेतावनी दिइएको छ।
अति उच्च जोखिममा रहेका जिल्लाहरूमा सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र चितवन रहेका छन्।
यी जिल्लाका नदी किनार, पहाडी फेदी तथा तटीय बस्तीहरूमा तत्काल उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। आवश्यक परेमा सुरक्षित स्थानमा सराइ गर्ने तयारी गर्न पनि सिफारिस गरिएको छ।
विभागका अनुसार, बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली भारतको ओडिसाबाट मध्यभारततर्फ सर्दैछ, जसको प्रभाव नेपालमा प्रत्यक्ष देखिएको छ। यही प्रणालीबाट उत्पन्न जलवाष्पयुक्त मनसुनी वायु नेपाल प्रवेश गरेपछि शुक्रबार साँझदेखि निरन्तर भारी वर्षाभइरहेको हो।








https://shorturl.fm/tMgLY
https://shorturl.fm/0itA4
https://shorturl.fm/qKCPW