बाढीपहिरो नपरेका जिल्लामा सेवा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन

246 पटक पढिएको

१९ आश्विन २०८२, आईतवार १८:२७ सम्पादक: धादिङ न्यूज

काठमाडौं । सरकारले बाढीपहिरोबाट प्रभावित नभएका जिल्लाहरुलाई सार्वजनिक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । शनिबारदेखि भोलि सोमबारसम्म देशैभर भारी वर्षाको पूर्वानुमानसहित सरकारले सार्वजनिक बिदा दिँदै सतर्कता अपनाउन आग्रह गरेको थियो ।

तर अविरल वर्षापछि अधिकांश जिल्ला प्रशासन कार्यालयहरूले सार्वजनिक सेवा स्थगित गरेका थिए । यसैबीच गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट आइतबार जारी पत्र मार्फत ती जिल्लाहरूलाई सेवा सुचारु गर्न निर्देशन दिइएको हो।

पत्रमा भनिएको छ,

 “विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूले सार्वजनिक सेवा सुचारु गर्नु गराउनु हुन निर्णयअनुसार अनुरोध छ।”

यस निर्देशनपछि बाढीपहिरोको प्रत्यक्ष असर नपरेका जिल्लामा प्रशासनिक सेवा, नागरिक लगत, राजस्व, राहदानी लगायतका सामान्य सेवाहरू पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।