बालेन र सुधनविरुद्ध किटानी जाहेरी दर्ता गर्न अखिलका नेताहरू तयारीमा
245 पटक पढिएको
काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध किटानी जाहेरी दर्ता गर्ने तयारी अनेरास्ववियुले गरेको छ ।
अखिलका नेताहरू मंगलबार दिउँसो काठमाडौं प्रहरी परिसर जाने तयारीमा रहेको स्रोतले जनाएको छ । सिंहदरबार लगायतका सरकारी संरचनामा आगजनी, निजी सम्पत्ति तोडफोड र प्रहरीमाथि आक्रमण भएको घटनामा उनीहरूलाई आरोपित गर्दै जाहेरी दिने निर्णय भएको हो ।
अनेरास्ववियुका महासचिव दीपक धामीका अनुसार आज साँझ ५ बजेभित्र जाहेरी दर्ता गराउने तयारी भइरहेको छ ।
यसअघि सोमबार सुधन गुरुङ नेतृत्वको समूहले एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिन खोज्दा प्रहरीले अस्वीकार गरेको थियो । अहिले भने अखिल पक्षले त्यसको प्रतिउत्तरस्वरूप जाहेरी दर्ता गर्न लागेको जनाएको छ ।








https://shorturl.fm/rugBc