आज विश्व हुलाक दिवस मनाइँदै
226 पटक पढिएको
काठमाडौं । आज विश्वभर विश्व हुलाक दिवस मनाइँदैछ। यस वर्षको विश्व हुलाक दिवसको नारा पोष्ट फर पिपुल, लोकल सर्भिस, ग्लोबल रिच’ अर्थात् ‘स्थानीय सेवाका लागि हुलाक, विश्वव्यापी पहुँच’भन्ने रहेको छ।
विश्वभरका मानिसबीच आपसी सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्न सूचना तथा सञ्चारको माध्यमका रूपमा हुलाक सेवाको महत्व झल्काउँदै प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ।
विश्व हुलाक संघ (UPU) को स्थापना सन् १८७४ अक्टोबर ९ मा भएको थियो। नेपालले भने उक्त संघको सदस्यता सन् १९५६ मा लिएको हो। सदस्यता लिएको त्यही वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउने परम्परा सुरु गरिएको हो।








https://shorturl.fm/PxBD6