गङ्गाजमुनामा निशुल्क आँखा शिविर ,२२६० जनाको आँखा परीक्षण

256 पटक पढिएको

२५ आश्विन २०८२, शनिबार १५:२५ सम्पादक: धादिङ न्यूज

धादिङ । ‘विना दृष्टि, अधुरो सृष्टि’ भन्ने नाराका साथ  धादिङको गङ्गाजमुना गाउँपालिकामा बृहत् निशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

आई क्याम्प फोर चितवन, सपोर्ट एण्ड केयर पुनर्स्थापना केन्द्र, नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पताल, रोटरी क्लब, गङ्गाजमुना गाउँपालिका, फुलखर्क कल्याणकारी समाज लगायतका संस्थाको संयुक्त आयोजनामा गङ्गाजमुना गाउँपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरुमा यहि असोज २२ गतेदेखि २४  बृहत् निशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

री स्वास्थ्य चौकी, गुम्दी वडा कार्यालय भवन, बसेरी स्वास्थ्य चौकी, बुढाथुम स्वास्थ्य चौकी र फुलखर्क ग्रामीण अस्पतालमा गरी जम्मा २,२६० जनाको आँखा परीक्षण, ९७ जनाको मोतियाबिन्दु अपरेशन र आवश्यकताअनुसार चस्मा वितरण गरिएको  गङ्गाजमुना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक अधिकारीले बताउनुभयो ।

शिविरलाई सफल बनाउन भरतपुर आँखा अस्पतालका डा. राजा हुसेनको नेतृत्वमा १२ जनाको मेडिकल टोली खटिएको थियो । कार्यक्रममा सहयोग गर्ने संघ–संस्था, जनप्रतिनिधि, कर्मचारी र सम्पूर्ण सहभागीहरुलाई गाउँपालिकाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।