धादिङमा २ किलो लागूऔषध र नगदसहित दुई जना पक्राउ

329 पटक पढिएको

२६ आश्विन २०८२, आईतवार ०७:१८ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको धुनिवेशी नगरपालिका-६, धार्केबाट करिब २ किलोग्राम अवैध लागूऔषध पोल्याण्ड र ४० हजार ४ सय ६५ रुपैयाँ नगद सहित दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका–८, का २२ वर्षीय सोनाम तामाङ र २६ वर्षीय राजकुमार लोप्चन रहेका छन्।

इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो बा–प्र–०२–०५८ प ८६८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान जारी छ।