एमालेको महाधिवेशन मंसिरको अन्तिम साता हुने
265 पटक पढिएको
काठमाडौँ-नेकपा (एमाले) ले आगामी मंसिरको अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ।
आइतबार साँझ भक्तपुरको गुण्डुमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले महाधिवेशन आयोजना गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार महाधिवेशनको निश्चित मिति र स्थान भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकले तय गर्नेछ।
ज्ञवालीले भने, “सचिवालयले तयारीका आधारमा महाधिवेशन मंसिरको अन्तिम साता गर्ने प्रस्ताव पारित गरेको छ, अब केन्द्रीय कमिटीले त्यसलाई औपचारिकता दिनेछ।”








https://shorturl.fm/6kPGS