सिस्ने खोलामा डुबेर तीन बालिकाको मृत्यु

228 पटक पढिएको

३० आश्विन २०८२, बिहीबार १७:३९ सम्पादक: धादिङ न्यूज

झापा । झापा जिल्लाको गौरादह नगरपालिका–९ स्थित सिस्ने खोलामा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसो माछा मार्ने क्रममा खोलामा डुब्दा उनीहरू मृत्यु भएका हुन् । मृतकहरूमा स्थानीय अञ्जु मगरकी सात वर्षीया छोरी सुष्मा मगर, नौ वर्षीया स्वीकृति मगर र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियार रहेका छन् ।

प्रहरीका अनुसार बालिकाहरू माछा मार्न खोलामा गएका बेला पानीको बहावमा परेर डुबेका थिए । घटनास्थलमा प्रहरी टोली पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।