पर्यटक बसले ठक्कर दिँदा गोरखाका पुस्तक व्यवसायीको मृत्यु

275 पटक पढिएको

३१ आश्विन २०८२, शुक्रबार ०६:१५ सम्पादक: धादिङ न्यूज

चितवन-गोरखाका एक पुस्तक व्यवसायीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। गोरखाबाट ग २० प ८५५९ नम्बरको स्कुटरमा चढी चितवनतर्फ जाँदै गरेका ४० वर्षीय दामोदर घिमिरेलाई बिहीबार दिउँसो करिब १ बजे पर्यटकबाहक बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

सिरानचोक गाउँपालिका–छोप्राक घर भई गोरखा बजारमा पुस्तक व्यवसाय गर्दै आएका घिमिरेलाई चितवनको रामनगरमा बा.प्र.०१–००१ प १६८४ नम्बरको बसले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले जानकारी दिए।

घटनापछि बस र चालक धादिङको सिद्धलेक गाउँपालिका–३ का सन्तोष थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने स्कुटर इलाका प्रहरी कार्यालय रामनगरको नियन्त्रणमा राखिएको छ।