कांग्रेस महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने प्रस्ताव

273 पटक पढिएको

१ कार्तिक २०८२, शनिबार ०७:१८ सम्पादक: धादिङ न्यूज

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने प्रस्ताव पेश गरिएको छ।

महामन्त्री गगनकुमार थापाले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको चार वर्षे कार्यकाल मङ्सिर मसान्तमा समाप्त हुने भएकाले १५औँ महाधिवेशन समयमै गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रस्ताव प्रस्तुत गर्नुभएको हो।

थापाले महाधिवेशनका दुई विकल्पसहित कार्यतालिका पनि प्रस्तुत गर्नुभएको छ। त्यसअनुसार, नयाँ तथा नवीकरण सदस्यता कात्तिक मसान्तभित्र टुङ्ग्याउने, मङ्सिर ७ गतेभित्र क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने, वडा अधिवेशन मङ्सिर १२–१३ गते, प्रतिनिधि तथा क्षेत्रीय अधिवेशन मङ्सिर २१ गतेसम्म, र जनसम्पर्क समितिको अधिवेशन मङ्सिर २१ गतेभित्र सम्पन्न गर्ने प्रस्ताव गरिएको छ।

विशेष परिस्थिति रहेको भन्दै थापाले उल्लिखित समयभित्र  नियमित महाधिवेशन सम्पन्न गर्न नसकिए  २०८२ मङ्सिर मसान्तभित्र विशेष केन्द्रीय महाधिवेशनको सुनिश्चित गर्ने प्रस्ताव पेश गर्नुभएको छ