तादी खोलामा पौडी खेल्न गएका एक युवकको मृत्यु

177 पटक पढिएको

१ कार्तिक २०८२, शनिबार २०:५७ सम्पादक: धादिङ न्यूज

नुवाकोट- नुवाकोटको तादी खोलामा पौडी खेल्न गएका एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाण्डौको टोखा नगरपालिका वडा नम्बर ३ वस्ने समिर बाँनिया रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
शनिवार विहान तादी गाउँपालिका वडा नम्बर ५ आप्रस्थित तादी खोलामा पौडी खेल्ने क्रममा उनी डुबेर सक्त घाईते भएका थिए ।
उनको उपचारको क्रममा काठमाण्डौमा रहेको ग्रान्डी अस्पतालमा दिउँसो करिव ४ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।