डोल्पा र मनाङ बाहेक ७५ जिल्लामा डेंगु संक्रमण,सबैभन्दा बढी बागमती प्रदेशमा

250 पटक पढिएको

११ कार्तिक २०८२, मंगलवार ०६:२० सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ११ कात्तिकः देशका ७५ जिल्लाबाट ६ हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांकअनुसार ६ हजार ६६८ जनामा डेंगु पुष्टि भएको हो ।

पाँच डेंगु संक्रमितको निधन भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छैन । डेंगु संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा पुष्टि भएको छ ।

बागमतीमा एक हजार ६४९ जनामा डेंगु पुष्टि भएको छ । चिकित्सकका अनुसार डेंगु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्यै शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेंगुका प्रमुख लक्षण हुन् ।