सुनको मूल्य प्रति तोलामा ७०० रुपैयाँले घट्यो

324 पटक पढिएको

१२ कार्तिक २०८२, बुधबार ११:१५ सम्पादक: धादिङ न्यूज

काठमाडौं। स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोलामा ७०० रुपैयाँले घटेर २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँ पुगेको हो ।