डिजेल-मट्टीतेलको मुल्य प्रतिलिटर १ रुपैयाँले घट्यो
293 पटक पढिएको
धादिङ, १४ कात्तिक। नेपाल आयल निगमले डिजेल-मट्टीतेलको मुल्य घटाएको छ । भारतबाट पेट्रोलमा ०.०३ रुपैयाँले र डिजेलमा १.१९ रुपैयाँले घटेर आएकोले शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी डिजल-मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको निगमले जानकारी दिएको छ ।
निगमको सञ्चालक समितिको २०८२ साल कात्तिक १४ गते बसेको बैठकले आज राति १२:०१ बजे (कात्तिक १५ गतेदेखि) लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।
निगमका अनुसार भारतबाट आएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर रु. ०.०३ र डिजेलमा रु. ०.१६ ले वृद्धि भएको छ। यसरी पेट्रोलको मूल्य प्रतिलिटर रु. १७२.५० देखि रु. १७५.५० र डिजेलको मूल्य प्रतिलिटर रु. १५४.५० देखि रु. १५७.५० कायम गरिएको छ।
निगमले कर, ढुवानी खर्च, विनिमय दर र अन्तर्राष्ट्रिय मूल्यका आधारमा तीन भू–क्षेत्रका लागि अलग–अलग खुद्रा मूल्य निर्धारण गर्दै आएको छ।
निगमका प्रवक्ता अनुसार, “अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेमा उपभोक्तालाई राहत दिनेगरी पुनः मूल्य समायोजन गरिनेछ।”
नेपालमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण भारतको इण्डियन आयल कर्पोरेसनबाट आउने मूल्यमा निर्भर रहँदै आएको छ। पछिल्लो समय अरब सागर क्षेत्रमा बनेको न्यून चापीय प्रणालीका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतार–चढाव देखिएको छ।







