चार दिन पछि बञ्चरेडाँडामा फोहोर बोकेका गाडी जान थाले

236 पटक पढिएको

१६ कार्तिक २०८२, आईतवार १४:०३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहोर बोकेका गाडीहरू सहमति जुटेसँगै जान थालेका छन् ।

सहरी विकासमन्त्री कुलमान घिसिङले आज बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पुगी स्थानीयसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गरेसँगै फोहोरका गाडी जान सुरु गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

स्थानीय सरकारले पटकपटक गरेका सहमति कार्यान्वयन नगरेको भन्दै दबाब दिने उद्देश्यले फोहोर फाल्न अवरोध गरेका थिए । चार दिनसम्म फोहोर फाल्न अवरोध हुँदा काठमाडौंका अधिकांश घर गल्लीमा फोहोरको थुप्रो लागेको छ ।