मासटारमा बोलेरोले ठक्कर दिँदा एक वृद्धको मृत्यु

254 पटक पढिएको

२३ कार्तिक २०८२, आईतवार २१:३३ सम्पादक: धादिङ न्यूज

 

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मासटारमा बोलेरो गाडीले ठक्कर दिँदा एक स्थानीय वृद्धको मृत्यु भएको छ।

काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा.प्र. ०१–०२७ च ०३४० नम्बरको बोलेरोले ७६  वर्षीय यज्ञराज अधिकारीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी उपरीक्षक प्रकाश दहालले जानकारी दिनुभयो।

प्रहरीका अनुसार ठक्कर दिएपछि भागेको बोलेरो गाडी बेल्खु पुल नजिकै दुर्घटनाग्रस्त अवस्थाम फेला परेको दहालले बताए।

दुर्घटनापछि आक्रोशित स्थानीयवासीले केहीबेर पृथ्वी राजमार्ग अवरुद्धपारेका थिए। अहिले राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ।