धादिङमा पुस ९ देखि १२ गतेसम्म बागमती प्रदेशस्तरीय अन्तरजिल्ला महिला भलिबल प्रतियोगिता हुने
386 पटक पढिएको
धादिङ- धादिङ जिल्लामा ‘स्वर्गीय मनोज श्रेष्ठ स्मृति कप–२०८२’ अन्तर्गत बागमती प्रदेशस्तरीय अन्तरजिल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ। धादिङ जिल्ला भलिबल संघको आयोजनामा पुस ९ देखि १२ गतेसम्म धादिङबेसीमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा बागमती प्रदेशअन्तर्गतका विभिन्न जिल्लाबाट टिमहरू सहभागी हुनेछन्। टिम दर्ता शुल्क रु. १०,००० तोकिएको छ । प्रत्येक टिममा १२ जना खेलाडी, २ जना कोच/असिस्टेन्ट कोच र १ जना म्यानेजर गरी १५ जना सम्म सहभागी हुन पाउनेछन्।
पुरस्कार राशी प्रथम पुरस्कार: रु. २,००,000 (साथमा ट्रफी, मेडल र प्रमाण–पत्र), द्वितीय पुरस्कार: रु. १,00,000 (साथमा ट्रफी, मेडल र प्रमाण–पत्र),तृतीय पुरस्कार: रु. ५०,000 (साथमा ट्रफी, मेडल र प्रमाण–पत्र) रहेको आयोजकले जनाएको छ ।
यसैगरी स्पाइकर, सेट्टर, डिफेन्डर, सर्वर, बेस्ट प्लेयर र कोच गरी उत्कृष्ट खेलाडी विधाहरूमा पनि पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
टिम दर्ता मिति २०८२मंसिर ३० गतेसम्मका लागि राखिएको छ । प्रतियोगिताबारे थप जानकारीका लागि ९८४९९१९१९८, ९८४९९१९१९६, ९८६९११६६०८ नम्बरमा सम्पर्क राखी बुझ्न सकिने बताईएको छ ।
धादिङ जिल्ला भलिबल संघले स्व. मनोज श्रेष्ठको स्मृतिमा आयोजना गरिँदै आएको यस प्रतियोगिताले महिला खेलकुदको स्तर उकास्न ठूलो भूमिका पुग्ने आयोजकको भनाई छ ।







