मनहरी गाँउपालिका अध्यक्ष रन्जन कालाखेतीले व्यक्तिगत २० लाख खर्च गरेर गाउँमा सडक बनाईदिने
388 पटक पढिएको
मकवानपुर । मनहरी गाउँपालिका–२ मा अवस्थित कर्मचोकबाट वडा कार्यालयसम्म जाने सडक अब अध्यक्ष रञ्जन कालाखेतीको व्यक्तिगत लगानीमा स्ल्याब ढलान गरिने भएको छ। करिब ६ मिटर चौडाइ र २०० मिटर लम्बाइ रहेको उक्त सडक स्ल्याब ढलानका लागि अध्यक्ष कालाखेतीले शनिबार स्थल निरीक्षण गर्दै प्राविधिक जाँच तथा लागत अनुमान (स्टिमेट) तयार गराएका छन्। स्टिमेट अनुसार सडक निर्माणका लागि करिब २० लाख रुपैयाँ खर्च हुने देखिएको छ।
शनिबार कर्मचोकमा आयोजित एक औपचारिक कार्यक्रममा अध्यक्ष कालाखेतीले केही दिनभित्रै निर्माण कार्य सुरु हुने जनाए। उनले गाउँपालिकामा जेनजी आन्दोलनपछि देखिएको भौतिक क्षति र बजेट कटौतीका कारण केही विकास परियोजना रोकिएका वा कटौतीमा परेका बताए।
त्यसबेला स्थानीयवासीले उठाउँदै आएका माग र समस्या समाधानलाई प्राथमिकता दिँदै व्यक्तिगत लगानीमै सडक निर्माण अघि बढाएको उनले स्पष्ट पारे। “गाउँको आवश्यकता र स्थानीयको सुविधा सबैभन्दा अगाडि हो। बजेट कटौतीका कारण काम रोकिए पनि यो सडक अत्यावश्यक भएकाले निजी खर्चमै काम सुरु गर्न लागिएको हो,” अध्यक्ष कालाखेतीले कार्यक्रममा भने।
स्थानीयवासीले पनि लामो समयदेखि पर्खिरहेको सडक स्तरोन्नतिमा व्यक्तिगत पहलमार्फत अघि बढेको कामप्रति खुशी व्यक्त गरेका छन्। सडक स्ल्याब ढलानपछि वर्षायाममा हुने चिप्लोपन, हिलो र आवतजावतमा देखिने समस्या हट्ने अपेक्षा गरिएको छ। मनहरी गाउँपालिकाको भौतिक पूर्वाधार क्षेत्रमा देखिएको बजेट अभावबीच अध्यक्षको यो पहललाई उदाहरणीय कदमका रूपमा लिइएको छ।
अध्यक्षका अनुसार प्राविधिक प्रक्रिया पूरा भइसकेकाले सप्ताहभित्रै निर्माण कार्य प्रारम्भ हुनेछ।








https://shorturl.fm/jAP9u
https://shorturl.fm/e9UkM
https://shorturl.fm/bMOVY
https://shorturl.fm/C0CT0
https://shorturl.fm/2aocb