विश्व टेलिभिजन दिवस आज विश्वभर मनाइदै
276 पटक पढिएको
काठमाडौँ । विश्व टेलिभिजन दिवस आज विश्वभर मनाइदैछ ।
डिसेम्बर १७, १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष नोभेम्बर २१ का दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो ।
विश्व जगतमा रेडियोको माध्यमबाट सूचना प्रवाह भइरहेको समयमा फरक रुपमा प्रस्तुत हुँदै श्रव्य र दृश्यको माध्यमबाट स्थापित भएको प्रविधि मानिन्छ टेलिभिजन ।
सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ । श्रव्यसँग सँगै दृश्यको माध्यमबाट यथार्थ रुपमा प्रस्तुत गर्न टेलिभिजन सफल भएसँगै छोटो समयमा ख्याती कमाउन सफल भएको मानिन्छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ ।
सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ विश्व जगतमा भन्दा निकै ढिला गरी नेपालमा सुरु भएको टेलिभिजन अहिले हरेक समूदायमा लोकप्रिय सञ्चार माध्यमका रुपमा परिचित छ । नेपालमा २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो ।








Just checked out 92glory and gotta say, the platform looks pretty solid! Easy to navigate and seems like they’ve got a good selection. Definitely worth checking out if you’re looking for a new spot. Check it out here: 92glory
https://shorturl.fm/V5yOB
https://shorturl.fm/TD7vY