नेपाल मगर सांस्कृतिक संघ धादिङको तेस्रो अधिवेशन सम्पन्न

311 पटक पढिएको

६ मंसिर २०८२, शनिबार २०:४६ सम्पादक: धादिङ न्यूज

धादिङ -नेपाल मगर सांस्कृतिक संघ धादिङको तेस्रो अधिवेशन मंसिर ६ गते शनिवार नीलकण्ठ–८, रामकोट दरबारमा सम्पन्न भएको छ। अधिवेशनले  टेकबहादुर मगरलाई अध्यक्षमा निर्वाचित गरेको छ। अन्य पदाधिकारीहरूमा  उपाध्यक्षमा पदम बहादुर आले मगर, सचिवमा रोशनी मगर,सह सचिवमा इरिसा पाटा मगर,कोषाध्यक्षमा विवश दर्लामी मगर र सह सचिवमा खड्क बहादुर थापा मगर निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा सन्देश थापा मगर, अप्सु राना मगर, जमुना राना मगर,राजकुमार थापा मगर,थमकुमारी मगर, राजेश लामिछाने मगर र धन बहादुर थापा मगर सदस्यमा सर्वसम्मत रूपमा चयन भएका छन्।

कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय सदस्य रेशम थापा मगर, नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ,  कलाकारहरू, नेपाल मगर संघ, लाङघाली बहुउद्धेश्यिय सहकारी संस्थाका प्रतिनिधि, तथा  विभिन्न तह–तप्काका मगर समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नव–निर्वाचित नेतृत्वले आगामी दिनमा सांस्कृतिक संरक्षण, समुदाय विकास र संगठनगत गतिविधिलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
मगर समन्वय समिति तथा सम्पूर्ण समुदायले पनि नयाँ समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।