धादिङका पत्रकारहरुको लागि पत्रकारितामा एआई प्रयोग सम्बन्धी तालिम सुरु
300 पटक पढिएको
धादिङ । स्थानीय सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘विकास पत्रकारिता र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग’ विषयमा तीनदिने तालिम धादिङको बेनीघाट रोराङ गाउँपालिकामा आजदेखि सुरु भएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले गाउँपालिकाको सहयोगमा तालिम आयोजना गरेको हो। जिल्लाभित्रका प्रिन्ट, अनलाइन, रेडियो र टेलिभिजनमा कार्यरत २६ जना पत्रकार सहभागी रहेको तालिममा विकास पत्रकारिताका आधारभूत सिद्धान्त, तथ्य संकलन र विश्लेषणका विधि, स्थानीय मुद्दा पहिचान, एआई उपकरणहरूको उपयोग तथा प्रविधिमैत्री रिपोर्टिङका विषयमा व्यावहारिक प्रशिक्षण दिइने बताइएको छ।
उद्घाटन सत्रमा बोल्दै बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले आधुनिक प्रविधिको विकासले पत्रकारितामा एआई महत्वपूर्ण उपकरणका रूपमा स्थापित हुँदै गएको बताए। उहाँका अनुसार एआईले पत्रकारितालाई सहज बनाउने मात्र होइन, जिम्मेवारी पनि बढाउने भएकाले यस्ता तालिमले तथ्य–आधारित रिपोर्टिङलाई बलियो बनाउनेछ र विश्वसनीय सूचना प्रवाहमा मूल्य थप्नेछ। अध्यक्ष थपलियाले स्थानीय तहमा भइरहेका विकास गतिविधिको निगरानी र एजेन्डा सेटिङमा पत्रकारहरूको भूमिकालाई अझ सशक्त बनाउन आग्रह समेत गरे।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले विकास पत्रकारिता अहिलेको मुख्य आवश्यकता बनेको बताउँदै तथ्यमा आधारित खोजमूलक रिपोर्टिङमा एआईले नयाँ सम्भावना खोलेको धारणा राखे। उहाँले पत्रकारितामा प्रविधि अनिवार्य भइसकेको उल्लेख गर्दै एआईको जिम्मेवारीपूर्वक र दक्षतापूर्वक प्रयोग गर्न सकियो भने स्थानीय पत्रकारिताको स्तर उल्लेख्य रूपमा उकासिने विश्वास व्यक्त गरे।
मंसिर १५ देखि १७ गतेसम्म सञ्चालन हुने तालिममा सहभागी पत्रकारहरूले विकास पत्रकारिताका सिद्धान्त र अभ्यास, स्थानीय मुद्दाको पहिचान, तथ्य संकलन तथा विश्लेषणका तरिका र एआई उपकरणहरूको प्रभावकारी उपयोगबारे व्यावहारिक सीप सिक्ने अवसर पाउनेछन्। आयोजकका अनुसार तालिमले जिल्लामा विकास पत्रकारिता सुदृढ गर्ने, प्रविधिमैत्री समाचार लेखन प्रवर्धन गर्ने तथा स्थानीय सञ्चारकर्मीलाई आधुनिक उपकरण उपयोगमा अझ सक्षम बनाउने लक्ष्य राखिएको छ।








Trying to get my game on and needed the 777casinoapplogin. Super easy to use, thumbs up! You should login to 777casinoapplogin yourself!