गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट, २३ जनाको मृत्यु

319 पटक पढिएको

२१ मंसिर २०८२, आईतवार ०७:३३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । भारतको गोवाको अर्पोरा क्षेत्रमा अवस्थित एक नाइट क्लबमा सिलिन्डर विस्फोट हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मृतकमध्ये तीन महिला र करिब तीन–चार जना विदेशी पर्यटक रहेका गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले पुष्टि गरेका छन्।

मुख्यमन्त्री सावन्त र स्थानीय विधायक माइकल लोबो घटनास्थलमै पुगेका थिए। सावन्तका अनुसार तीन जनाको मृत्यु आगोले गम्भीर रूपमा जलिएको कारण भएको छ भने बाँकीको शव उद्धार टोलीले भित्रबाट बरामद गरेको छ।

मुख्यमन्त्री सावन्तले भने, “दुर्घटनाका लागि जिम्मेवारहरूलाई कडा कानुनी कारबाही हुनेछ। पूर्ण अनुसन्धान गरेर वास्तविक कारण प्रमाणसहित सार्वजनिक गर्छौँ।”

प्रारम्भिक अनुसन्धानमा नाइट क्लबले आवश्यक अग्नि सुरक्षा मापदण्ड पालन नगरेको आशंका गरिएको छ।
उद्धारमा संलग्न अधिकारीहरूका अनुसार फेला परेका शवमध्ये धेरै जसो क्लबका कर्मचारी हुन्।
विस्फोटपछि क्लबको ठूलो भागमा आगो सल्किँदा उद्धार कठिन भएको अधिकारीहरूले बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटना अत्यन्तै दुःखद भएको उल्लेख गर्दै मृतकको परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले गोवा राज्य सरकार प्रभावितलाई आवश्यक सबै सहयोग जुटाइरहेको जानकारी दिए।


Interesting points about the evolving landscape of online gaming! Seeing platforms like WAGI777 prioritize quick onboarding & local payment options (GCash, PayMaya) is smart. Check out the wagi777 download apk for a streamlined experience – fast registration is key!