शिक्षाका लागि राष्ट्रिय अभियान बागमती प्रदेशको नयाँ कार्यसमिति चयन
643 पटक पढिएको
हेटौंडा। शिक्षाका लागि राष्ट्रिय अभियान बागमती प्रदेश समितिको हेटौडामा सम्पन्न भएको छ ।
प्रदेश समितिका अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सचिव रामचन्द्र आचार्यले वार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै सार्वजनिक शिक्षा सुदृढीकरण, अनिवार्य तथा निःशुल्क गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि प्रदेशभर सञ्चालन गरिएका गतिविधिबारे जानकारी गराएका थिए । सीमित स्रोत–साधन हुँदाहुँदै पनि उल्लेखनीय काम गर्न सफल भएको सचिव आचार्यको दावी थियो ।
त्यसैगरी कार्यक्रममा कोषाध्यक्ष अनिता नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै धेरै कार्यक्रम सदस्य संस्थाहरूले आफ्नै खर्चमा सञ्चालन गरेकाले खर्च मिलानमा अन्तर देखिएको बताईन्पा
प्रदेश अध्यक्ष खतिवडाले संस्था सामाजिक विकास मन्त्रालय, स्थानीय तह तथा नागरिक समाजसँग सहकार्य गर्दै प्रदेश शिक्षाको नीतिगत प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले समावेशी शिक्षा, अपांगता मैत्री पहुँच, सबैका लागि शिक्षा र ‘टिकाउने–बिकाउने शिक्षा’ अवधारणालाई आगामी कार्ययोजनाको मुख्य प्राथमिकतामा राखिने जानकारी दिए।
अधिवेशनले पुन प्रकाश खतिवडाको अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ, जसकाे उपाध्यक्षमा दिलबहादुर रम्तेल, सचिवमा रामचन्द्र आचार्य, कोषाध्यक्षमा अनिता नेपाली तथा सदस्यहरूमा कुमारी वाईवा, बुद्धविर लामा, लक्ष्मी थापा, भक्त भ्लोन र शोभा आचार्य रहेका छन्। केन्द्रीय कार्यालयका कार्यकारी प्रमुख राम गैरेले नयाँ कार्यसमितिलाई बधाई दिँदै सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धिमा समितिले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।







