पूर्वमन्त्री रामनाथ अधिकारीद्वारा आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा
421 पटक पढिएको
धादिङ, २३ मंसिर । धादिङको राजनीतिमा सधैं व्यवहारिक र संस्थागत नेतृत्वको पहिचान बनाएका नेपाली कांग्रेस धादिङका सभापति तथा पूर्वप्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री रामनाथ अधिकारीले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुबै तर्फ उम्मेदवारी नबन्ने घोषणा गरेका छन्।
नेपाली कांग्रेस धादिङ क्षेत्र नं. २ को उम्मेदवार सिफारिस सम्बन्धी आज बसेको बैठकमा उनले वर्तमान समयको देशको राजनीतिक अवस्थालाई चिन्तित ढंगले हेर्दै आफू पुस्तान्तरणको पक्षमा दृढ रहेको स्पष्ट गरे। अधिकारीले पार्टी र क्षेत्रले नयाँ नेतृत्व पहिचान गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै आफूले अब चुनावी प्रतिस्पर्धाबाट स्वेच्छाले अलग हुने निर्णय सुनाएका छन्।।
पटक–पटक जनताबाट निर्वाचित हुँदै क्षेत्रको विकास र पार्टीको संगठन विस्तारमा योगदान पुर्याएको उल्लेख गर्दै आगामी पुस्तालाई अवसर दिने उद्देश्यले यस्तो निर्णय लिएको अधिकारीले बताए।
उनको यो आफ्नो ईमानदार र स्पष्ट निर्णयलाई बैठकमा उपस्थित नेताहरू र कार्यकर्ताले सकारात्मक रूपमा लिएका छन्। धेरैले यो कदमलाई “नेतृत्व पुस्तान्तरणको राम्रो उदाहरण” र “स्वस्थ राजनीतिक संस्कृतितर्फको महत्वपूर्ण योगदान” भनेर व्याख्या गरेका छन्।
नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी पुरानै राजनीतिक खेलाडी हुन् । धादिङको नेवारपानीमा जन्मिएका उनी २०३६ सालको जनमत संग्रह र २०४२ को सत्याग्रहभर तरुण कांग्रेस थिए । यी दुई आन्दोलनमा सक्रिय उनले धेरै राजनीतिक अनुभव हासिल गरे ।
पंचायती व्यवस्था विरुद्धको आन्दोलनमा लाग्दा पटक–पटक थुनिएका अधिकारीलाई ६ वैशाख २०४५ मा प्रहरीले चारपाटा मुड्नेसम्मको ज्यादती गर्यो । राज्यको क्रूर दमनले उनलाई अझ विद्रोही बनायो ।
कांग्रेसको आठौं महाधिवेशनमा धादिङ जिल्ला कार्य समिति सहसचिव र महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका उनी २०५३ सालमा सभापतिको प्रत्यासी बने, तर सफल भएनन् । २६ कात्तिक २०५४ मा जिल्ला सभापति दामन पाख्रिनको निधनपछि उनी सभापतिमा चुनिए ।
पार्टीको जिल्ला सभापति रहेका अधिकारी २०५६ सालमा धादिङ–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेर लगातार दुईपटक विजयी भए । उनले नेकपा (एमाले) का गंगालाल तुलाधरलाई पराजित गरेका थिए ।
२०५६ पछि उनी २०६४ सालमा पहिलो संविधानसभा सदस्यमा उठे, तर नेकपा (माओवादी)की उम्मेदवार कल्पना धमलासँग पराजित भए । २०७० मा सम्पन्न दोस्रो संविधानसभामा पनि कांग्रेसले अधिकारीलाई नै टिकट दियो, तर उनी निकटतम प्रतिद्वन्द्वीमा सीमित भए ।
अधिकारी २०५५, २०५७, २०६२, २०६७ र २०७८ मा गरी लगातार पाँचौं कार्यकाल धादिङ कांग्रेसको सभापति छन् । जनताको समस्या समाधानमा सधैं सक्रिय अधिकारी सादा जीवनशैलीका कारण पनि लोकप्रिय छन् ।
अधिकारी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा धादिङ–२ बाट प्रतिनिधि सभामा निर्वाचित अधिकारी कृषि मन्त्री थिए । गत भदौ २४ गते पदबाट राजिनमा दिएका थिए ।








3win88 has been throwing up a lot of ads online. Is it as good as the ads make it out to be? Want honest opinions before I dive in. Show me what you know: 3win88
https://shorturl.fm/pnWTd