सहकारी अभियन्ता मिनराज कडेल एमाले केन्द्रीय सदस्यमा उम्मेदवार दिने तयारीमा

402 पटक पढिएको

२८ मंसिर २०८२, आईतवार २०:०५ सम्पादक: धादिङ न्यूज

काठमाडौं । सहकारी अभियन्ता तथा अनुभवी राजनीतिज्ञ मिनराज कडेल नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने तयारीमा छन्। राजनीति, शिक्षण र सहकारी क्षेत्रको लामो अनुभव बोकेका कडेल पार्टीभित्र निष्ठावान् र कुशल संगठकका रूपमा परिचित छन्।

यसअघि उनले पार्टीको केन्द्रीय लेखा आयोगमा लगातार दुई कार्यकाल सदस्यका रूपमा जिम्मेवारी सम्हाल्दै प्रभावकारी भूमिका निर्वाह गरिसकेका छन्। पार्टीभित्रको लामो अनुभव, भूगोलको राजनीति र संगठनप्रतिको प्रतिबद्धताका कारण आफू केन्द्रीय सदस्य बन्न योग्य रहेको कडेलको दाबी छ। उनले पार्टीको सल्लाह र सहकर्मीको आग्रहअनुसार उम्मेदवारी दिएको बताउँदै प्रतिनिधिहरूले आफूलाई विजयी बनाउने विश्वास व्यक्त गरेका छन्।

निष्ठाको राजनीति गर्ने नेताका रूपमा चिनिएका कडेल ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भई पार्टीभित्र सुशासन र समृद्धिको एजेन्डालाई संस्थागत गर्न चाहन्छन्। उक्त जिम्मेवारी पाउन सके देश र जनताको सेवामा अझ प्रभावकारी भूमिका खेल्न सकिनेमा उनी विश्वस्त देखिन्छन्।

शिक्षण पेशाबाट सुरु भएको कडेलको राजनीतिक यात्रा आज पार्टीको केन्द्रसम्म आइपुगेको छ। २०३२ सालदेखि शिक्षक पेशामा आबद्ध उनी २०३६ साल भदौमा तत्कालीन मालेमा संगठित सदस्य बनेका थिए। क्रान्तिकारी शिक्षक संघमार्फत संगठित राजनीतिक जीवन सुरु गरेका कडेलले धादिङ जिल्लाको बेनिघाट गाउँ कमिटी सचिव, इलाका कमिटी सचिव हुँदै २०४३ सालदेखि जिल्ला कमिटीमा रहेर संगठन निर्माणमा सक्रिय योगदान दिएका थिए।

२०४५ साल असोजमा सम्पन्न प्रथम जिल्ला अधिवेशनको समयमा धादिङ जिल्लामा सीमित पार्टी सदस्य मात्र रहेको अवस्थामा पनि संगठन विस्तारमा कडेल अग्रपंक्तिमा देखिए। २०४३ देखि २०५५ सालसम्म जिल्ला कमिटी सदस्य र २०५५ देखि २०६६ सालसम्म उपसचिवका रूपमा काम गर्दै उनले कार्यकर्ता प्रशिक्षण, संगठन विस्तार र राजनीतिक स्थायित्वमा निरन्तर योगदान दिए।

सातौँ महाधिवेशनपछि केन्द्रीय सहकारी विभाग सदस्य बनेका कडेल २०७१ सालको नवौँ महाधिवेशन र त्यसपछि सम्पन्न दशौँ महाधिवेशनमा केन्द्रीय लेखा आयोगको सदस्यका रूपमा चयन भए। दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा दाबी रहे पनि पार्टीको आवश्यकतालाई प्राथमिकता दिँदै उनी लेखा आयोगमै बसेका थिए। पार्टी सदस्यता नम्बर ७६४ भएका कडेल पुराना, अनुभवी र निष्ठावान् नेतामध्ये एक मानिन्छन्।

दुई कार्यकाल केन्द्रीय लेखा आयोगमा रहेर देशभर पुग्दै पार्टीको आर्थिक व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउने अभियान चलाएका कडेलले बागमती प्रदेश संयोजक तथा आयोग सचिवालय सदस्यका रूपमा पार्टीको लेखा नियमावली, नीति र प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका खेले। सातै प्रदेशमा लेखा तालिम सञ्चालनदेखि केन्द्रीय, प्रदेश, जिल्ला र प्रवास कमिटीसम्मको लेखा परीक्षण सफलतापूर्वक सम्पन्न गराउनु उनका प्रमुख उपलब्धि हुन्।

पार्टीभित्र आर्थिक अनुशासन र पारदर्शितालाई विशेष महत्व दिनुपर्ने बताउँदै कडेलले पार्टीको आर्थिक पाटोलाई सुस्त, दुरुस्त र पारदर्शी बनाउने अभियानमा आफूले प्रभावकारी काम गरेको दाबी गरेका छन्।


Gee88bet, I gave it a run for its money. They’ve got some ok promotions happening. I lost a fiver, but I am okay with that. If you are feeling lucky, then this is probably a decent shout. Anyway, here’s the link: gee88bet