गल्छी महोत्सव पुस २ देखि १५ गतेसम्म हुने

383 पटक पढिएको

२९ मंसिर २०८२, सोमबार ०८:०९ सम्पादक: धादिङ न्यूज

धादिङ । स्थानीय पहिचान, मौलिक संस्कृति तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले गल्छी कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव २०८२ आयोजना हुने भएको छ। महोत्सव यही पुस २ गतेदेखि १५ गतेसम्म धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ स्थित छागेश्वर मन्दिर खेलमैदानमा सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

महोत्सवमा स्थानीय कृषि उत्पादन, हस्तकला सामग्री, परम्परागत संस्कृति झल्काउने कार्यक्रम तथा विभिन्न व्यापारिक स्टलहरू रहने छन्। यसले स्थानीय कृषक, उद्यमी र कलाकारलाई आफ्ना उत्पादन तथा प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकको छ।

सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक प्रस्तुति तथा व्यापारिक गतिविधिसहित सञ्चालन हुने महोत्सवले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। महोत्सव अवधिभर सर्वसाधारणको उल्लेख्य सहभागिता रहने आयोजकको अनुमान छ।

आयोजक समितिले महोत्सवलाई सफल बनाउन सम्पूर्ण स्थानीयबासी, सरोकारवाला निकाय तथा दर्शकहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेको छ।

राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा हुन लागेको महोत्सवको सह आयोजकमा छांगेश्वर महादेव तथा छाँगेश्वरी मन्दिर संरक्षण तथा पर्यटन विकास समिति र प्रमुख संरक्षकमा गल्छी गाउँपालिका वडा नम्बर ८ रहेको छ ।


Yo, 18betvip! I’ve been hitting this site up for a while now, and gotta say, it’s pretty decent. Good selection of games and some alright odds. Could be better, but hey, ain’t they all? Worth a shot if you’re looking for something new. Check it out here: 18betvip