एमालेमा ओली पक्षले पदाधिकारी र केन्द्रिय सदस्यको लिष्ट टुंग्यायो, धादिङबाट लोहनी–त्रिपाठी समेटिए

537 पटक पढिएको

२९ मंसिर २०८२, सोमबार १३:०३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षले  पदाधिकारी तथा केन्द्रिय सदस्यका उम्मेदवार टुंगो लगाएको छ। सहमतिअनुसार उपाध्यक्ष पदमा रामबहादुर थापा, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ उम्मेदवार रहने छन्। महासचिवका आकांक्षी रहेका प्रदीप ज्ञवाली पनि उपाध्यक्षकै उम्मेदवार बन्ने भएका छन्।

महासचिवमा शंकर पोखरेल दोहोरिने भएका छन् भने उपमहासचिवमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुवीर महासेठ उम्मेदवार बन्ने सहमति भएको छ।

स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पहिलोपटक पदाधिकारीमा उम्मेदवार बन्न लागेकाछन्।  ढकाल नेकपा एमालेमा अहिलेसम्म कुनै पदाधिकारी बनेका छैनन्। उनी एकैपटक फड्को मार्दै उपमहासचिवको उम्मेदवार बन्ने भएका हुन्। ढकाल केपी शर्मा ओलीको विश्वासपात्र मानिन्छन्।

त्यस्तै सचिव पदमा लेखराज भट्ट, पद्मा अर्याल र छबिलाल विश्वकर्मा दोहोरिने भएका छन्। बाँकी सचिवका उम्मेदवारमा यमलाल कँडेल, शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेत रहेका छन्।

यसैबीच, सार्वजनिक भएको सूची अनुसार केन्द्रिय सदस्यको लिष्टमा धादिङका खेमप्रसाद लोहनी वागमती प्रदेशबाट र भूमि त्रिपाठी खुल्ला तर्फबाट समेटिएका छन्। हाल केन्द्रिय सदस्य रहेका लोहनी पुनः सोही जिम्मेवारीमा र जिल्ला अध्यक्ष रहेका त्रिपाठी केन्द्रिय सदस्यमा उक्लिन लागेका हुन्।

तर धादिङकै अर्का वर्तमान केन्द्रिय सदस्य जानुका सिम्खडाको नाम भने लिष्टमा परेको छैन। लेखा आयोगको अध्यक्षमा पुनः डा. पुष्प कँडेललाई अघि सारिएको छ भने केन्द्रिय सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका मिनराज कँडेलको नाम लेखा आयोगको सदस्यमा समावेश गरिएको छ।

ओली पक्षले  उम्मेदवार टुंग्याएसँगै एमाले महाधिवेशनको राजनीतिक तस्बिर थप स्पष्ट हुँदै गएको छ।


Okay, quick review for fk22bet. I was a little unsure at first, but the bonuses are solid and the games are fun. I messed up my deposit once but it was resolved promptly and professionally. Worth a visit. Find out more: fk22bet