अनुभवी कम्युनिस्ट नेता सफल अर्थमन्त्री सुरेन्द्र पाण्डे एमालेको महासचिवको वलियो दावेदार
471 पटक पढिएको
- केशव अधिकारी
शालिन, बौद्धिक र जनताका बिचमा लोकप्रिय नेता हुन् सुरेन्द्र पाण्डे । एमालेको उपाध्यक्ष एवम नेपाल सरकारको पूर्व अर्थमन्त्री पाण्डेले नेकपा एमालेको ११औँ महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिएका छन् । धादिङमा जन्मिएका पाण्डेले विगतमा देशका विभिन्न भूगोलमा गएर पार्टीको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका उनै पाण्डे संँग ओली निकट मानिएका शंकर पोखरेलले दोश्रो कार्यकालका लागि महासचिवमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रारम्भिक जीवन
सुरेन्द्र पाण्डेको जन्म वि.सं. २०१७ सालमा धादिङ जिल्लाको तत्कालीन गजुरी गाविस वडा नं. ८ (हाल गजुरी गाउँपालिका) मा भएको हो। उहाँका पिता नेत्रप्रसाद पाण्डे र माता मनमाया पाण्डे हुनुहुन्छ। पाँच दाजुभाइमध्ये माइला छोराका रूपमा जन्मिएका पाण्डे सामान्य तर आत्मनिर्भर परिवारिक वातावरणमा हुर्कनुभएको हो। पाण्डेको परिवारमा श्रीमती र दुई छोरा छन्।
राजनीतिक यात्रा
वि.सं. २०३० सालदेखि नै राजनीतिमा सक्रिय रहनुभएका पाण्डे २०३१–२०३२ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी हुनुहुन्थ्यो। सिक्किममा चर्किएको विद्यार्थी आन्दोलनले उहाँलाई अझ गहिरो रूपमा राजनीतितर्फ आकर्षित गर्यो। उहाँका जेठा दाजु राजेन्द्रप्रसाद पाण्डे पनि राजनीतिमा सक्रिय भएकाले त्यसले समेत प्रेरणा दिएको देखिन्छ।
राजनीतिक यात्राकै क्रममा तत्कालीन को–अर्डिनेशन केन्द्र (कोके) सँग सम्पर्क स्थापित भई भूमिगत राजनीतिमा सक्रिय हुनुभयो। केही समय शिक्षकको रूपमा पनि काम गर्नुभएका पाण्डे स्वभावतः शालीन, भद्र र अध्ययनशील नेताका रूपमा चिनिनुहुन्थ्यो।
पेशागत जीवन र पूर्णकालीन राजनीति
शिक्षक पेशा छोडेर नेपाल बैंक लिमिटेडमा सेवा प्रवेश गर्नुभएका पाण्डे छात्रवृत्तिमा चार्टर्ड एकाउन्टेन्सीअध्ययनका लागि विदेश जाने तयारीमा हुनुहुन्थ्यो। तर व्यक्तिगत करियरभन्दा देशको राजनीतिक परिवर्तनलाई प्राथमिकता दिँदै बैंकको जागिर र उच्च अध्ययनको अवसर त्यागी पूर्णकालीन राजनीतिमा होमिनुभयो।
वि.सं. २०४६ सालसम्म नेकपा मालेमा जिम्मेवारी सम्हाल्नुभएका पाण्डे २०४७ सालदेखि २०७७ सालसम्म निरन्तर नेपाल कम्युनिस्ट पार्टी (एमाले हुँदै पछि नेकपा) को केन्द्रीय सदस्य रहनुभयो। उहाँ तत्कालीन नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीमा समेत रहनुभएको थियो। चितवनमा सम्पन्न १० औं महाधिबेशनबाट उहाँ पार्टी केन्द्रिय कमिटीको उपाध्यक्षमा निर्वाचित हुनुभयो ।
संसदीय र सरकारी अनुभव
वि.सं. २०५४ सालमा पहिलो पटक राष्ट्रियसभाको सदस्य बनेका पाण्डेले सामाजिक न्याय समितिमा काम गर्नुभयो। दुई वर्षपछि २०५६ सालमा राष्ट्रियसभाको प्रमुख सचेतकको जिम्मेवारी निर्वाह गर्नुभयो।
२०६४ सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बन्नुभएका पाण्डे संवैधानिक समितिको सदस्यका रूपमा सक्रिय रहनुभयो। २०६६–२०६७ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो। चुनौतीपूर्ण परिस्थितिमा पनि अर्थ मन्त्रालय कुशलतापूर्वक सञ्चालन गरेकाले पाण्डेलाई आज पनि सफल अर्थमन्त्रीका रूपमा स्मरण गरिन्छ।

२०७० सालमा चितवन–१ बाट संविधानसभा सदस्य निर्वाचित भई संविधान निर्माण प्रक्रियामा राजनीतिक संवाद समितिको सदस्यका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। २०७४ सालमा पुनः चितवन–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो।२०७९ सालको निर्वाचनमा भने पाण्डे पराजित हुनु भएको थियो ।
शिक्षा, लेखन र अध्यापन
सुरेन्द्र पाण्डेले स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको छ। अर्थ–राजनीतिसँग सम्बन्धित उहाँका पुस्तकहरू बजारमा उपलब्ध छन्। निरन्तर अध्ययन, अनुसन्धान र विश्लेषणमा सक्रिय पाण्डे नेपालका विभिन्न कलेजहरूमा उहाँले अतिथि प्राध्यापकका रूपमा अध्यापनसमेत गराउँदै आउनुभएको छ।पाण्डे त्रिभुवन विश्वविद्यालयबाट एमफिलमा त्रिवि प्रथम भएका विद्यार्थी पनि हुन् । पाण्डेले अहिले डाटा पुँजीवादसँग सम्बन्धित रहेर त्रिविबाट पिएचडी गर्दै छन् ।
अर्थमन्त्रीका रूपमा गरेका प्रमुख कार्यहरू
अर्थमन्त्री रहँदा सुरेन्द्र पाण्डेले थुप्रै दीर्घकालीन र सामाजिक न्यायमुखी कार्यक्रमहरू सुरु गर्नुभएको थियो। तीमध्ये केही प्रमुख कार्यहरू यसप्रकार छन्–
- मध्यपहाडी लोकमार्ग र पूर्व–पश्चिम हुलाकी मार्ग निर्माणको सुरुवात
- द्वन्द्वपीडितलाई खेतीबाली क्षतिपूर्ति तथा ऋण ब्याज मिनाहा
- सामाजिक सुरक्षा कर र सामाजिक सुरक्षा प्रणालीको प्रारम्भ
- गरिब परिचयपत्र, गरिब जनता आवास कार्यक्रम र दलित संरक्षण पहल
- ३० हजार सरकारी विद्यालयमा इन्टरनेट सेवा
- ७५ वर्षमाथि र १५ वर्षमुनिका नागरिकका लागि निःशुल्क उपचार
- दलित–गैरदलित विवाह र विधवा विवाह प्रोत्साहन अनुदान
- पोखरा विमानस्थल, माथिल्लो तामाकोशी, त्रिशूली थ्री–ए जस्ता ठूला पूर्वाधार आयोजना
- जेष्ठ नागरिक आरोग्य आश्रम, राउटे समुदायलाई मासिक भत्ता
- शिक्षामा ऐतिहासिक बजेट वृद्धि र पोषणयुक्त खाजा कार्यक्रम
- सडक दुर्घटना पीडितका लागि तेस्रो पक्ष बीमा व्यवस्था
- लोडसेडिङ समाधानतर्फ माथिल्लो तामाकोशी आयोजना अगाडि बढाउने पहल
निष्कर्ष
सुरेन्द्र पाण्डे राजनीतिक इमान्दारिता, सैद्धान्तिक स्पष्टता र आर्थिक विषयमा गहिरो पकड भएका नेता मानिन्छन्। विद्यार्थी राजनीतिदेखि अर्थमन्त्री हुँदै पार्टीको उपाध्यक्षसम्मको उहाँको यात्रा नेपाली कम्युनिस्ट आन्दोलनभित्र अनुभव, संघर्ष र नीतिगत निरन्तरताको उदाहरणका रूपमा हेरिन्छ। बुटवलमा भएको नवौँ महाधिवेशनमा ईश्वर पोखरेलसँग १५ मतले महासचिवमा हारेका पाण्डे १० वर्षपछि उनकै टिमबाट महासचिवमा उमेदवार बनेका हुन् ।








9080, eh? Gave it a look. It does what it says on the tin. Not my favorite thing ever, but it works. Might be your cup of tea though, check it: 9080
Eh, l666bet… another one of these sites. Some okay enough games available if you’re into that. Click through to l666bet and see what you think!