गोइराङ आविमा पुस्तकालयको उद्घाटन तथा हस्तान्तरण

373 पटक पढिएको

२९ मंसिर २०८२, सोमबार १९:३५ सम्पादक: धादिङ न्यूज

धादिङ-धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१० मा अवस्थित गोइराङ आधारभूत विद्यालयमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम २०८२ मंसिर २९ गते सम्पन्न भएको छ।

विद्यालयमा विद्यार्थीहरूको अध्ययन संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त पुस्तकालयमा फर्निचर, कम्प्युटर तथा बसाइ व्यवस्थापनको व्यवस्था गरिएको छ। पुस्तकालयमा विभिन्न विधाका ३६१ शीर्षकका जम्मा १ हजार ६१ वटा पुस्तकहरू उपलब्ध छन्, जसले विद्यार्थीहरूलाई पठन–पाठनमा थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

पुस्तकालय स्थापना प्रयास नेपाल धादिङले चाइल्डफण्ड जापानको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको ‘शिक्षामा पहुँच सुनिश्चितता परियोजना’ अन्तर्गत गरिएको हो। यस परियोजनाले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच र गुणस्तर सुधारमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

प्रयास नेपाल, धादिङले चाइल्डफण्ड जापानको आर्थिक सहयोगमा बेनिघाट रोराङ गाउँपालिकाका ३ वटा वडाका १९ वटा विद्यालयमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना सञ्चालन गरिरहेको छ।


JLJLGameLogin sounds super targeted! Hoping it’s got a smooth and seamless login experience. Ain’t nobody got time for laggy logins when they tryna get their game on. Speedy access = happy gamer. Login now: jljlgamelogin

That’s a great point about strategic thinking – card games are surprisingly good for that! I’ve been rediscovering classics lately, and it’s awesome you can play free solitaire instantly online – no downloads needed! A nice mental break.