एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको संकेत, कार्यकर्तामा बढ्दै असन्तुष्टि
308 पटक पढिएको
काठमाडौं । नेकपा (एमाले) को महाधिवेशन स्थल भृकुटीमण्डपबाट फर्किँदा नेता प्रदीप ज्ञवाली भावुक देखिनुले पार्टीभित्र नेतृत्व चयनको शैली र गुटीय राजनीतिबारे पुनः बहस चर्किएको छ। मुख्य पदमा उम्मेदवारी नदिई केन्द्रीय सदस्यमा मात्रै सीमित भएपछि एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको संकेतका रूपमा यस घटनालाई हेरिएको छ।
पार्टीभित्र बौद्धिक, शालीन र सन्तुलित नेताका रूपमा चिनिएका ज्ञवालीले खुला प्रतिस्पर्धाको अपेक्षा गरे पनि गुटीय संरचनाले त्यसलाई सम्भव नबनाएको विश्लेषकहरू बताउँछन्। औपचारिक रूपमा सबैलाई उम्मेदवारी दिने अधिकार भए पनि व्यवहारमा ‘टिके प्रथा’ हावी हुँदै गएको आरोप पार्टीकै नेता–कार्यकर्ताबाट उठ्न थालेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार नेतृत्वमा विश्वास भए जितेर देखाउन सकिन्छ भन्ने तर्क सैद्धान्तिक रूपमा सही भए पनि संगठनभित्र शक्ति सन्तुलन, गुटीय समर्थन र नेतृत्वको अनुकम्पा निर्णायक बन्ने यथार्थ प्रष्ट देखिएको छ। यसले फरक धारणा राख्ने र स्वतन्त्र छवि भएका नेताहरू क्रमशः किनारामा पर्ने जोखिम बढाएको उनीहरूको टिप्पणी छ।
कतिपयले प्रदीप ज्ञवालीको अवस्थालाई पूर्व नेता भीम रावलको राजनीतिक यात्रासँग तुलना गर्दै फरक मत राख्ने नेताहरू निर्णय प्रक्रियाबाट बाहिरिँदै जानु पार्टीका लागि दीर्घकालीन रूपमा सकारात्मक नहुने निष्कर्ष निकालेका छन्।
एमालेभित्र एउटै व्यक्तिलाई बारम्बार दोहोर्याउने प्रवृत्ति र आलोचनालाई असहज रूपमा लिने संस्कृतिले संगठनको आन्तरिक लोकतन्त्र कमजोर बनाएको आवाज तीव्र बन्दै गएको छ। ज्ञवालीजस्ता बौद्धिक नेताहरू नेतृत्वको घेराभित्र अट्न नसक्नु वा अट्न नचाहनु पार्टीको चरित्र र भावी नेतृत्व दुवैका लागि गम्भीर संकेत भएको विश्लेषण गरिएको छ।
यस घटनाले एमालेभित्र नेतृत्व परिवर्तन, विचारको सम्मान र वास्तविक प्रतिस्पर्धा अब टार्न नसकिने बहसको विषय बनेको स्पष्ट देखिएको छ।








Been messing around on betaobetlonng lately. Not bad, not bad at all! The bonuses seem alright, and I haven’t had any issues with withdrawals so far. Definitely worth checking out!
Heard whispers about 887br… supposed to be the real deal. Going to give it a shot and find out for myself. BRRR! 887br