पन्ध्र बर्ष अघिको बबरमहल बम विस्फोटका मुख्य नाइके ‘विश्वक्रान्ति’ पक्राउ
428 पटक पढिएको
काठमाडौँ । पन्ध्र बर्ष अघि काठमाडौँको बबरमहलमा तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोटका मुख्य नाइके मानिएका श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति भनिने देवराज लामा (राजकुमार तामाङ) लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार काठमाडौँको कपन क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार लामा बबरमहलस्थित नेपाल आयल निगमको मुख्य गेट नजिक भएको बम विस्फोटका प्रमुख योजनाकार थिए। उक्त विस्फोटमा धादिङका तीन जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए। सो मुद्दामा पक्राउ परेका तामाङ २०७६ सालको प्रजातन्त्र दिवसको अवसरमा रिहा भएका थिए। रिहापछि पनि लामाविरुद्ध पाँचथरमा अर्को मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा फरार देखिएपछि सीआईबीले खोजी गरी उनलाई पक्राउ गरेको जनाएको छ।
राजकुमार तामाङ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गठन गरेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष हुन्। उनी धनकुटा जिल्लाको पार्खिवास–९ का स्थायी बासिन्दा रहेका छन्।
२०६८ फागुन १५ गते दिउँसो सवा १ बजे भएको बम विस्फोटमा धादिङ जिल्लाको बैरेनी गाविस वडा नम्बर ६ का मानबहादुर तामाङ, वडा नम्बर १ का कृष्णबहादुर तामाङ र पिडा गाविस वडा नम्बर ८ भष्मेखर्कका वीरबहादुर तामाङको ज्यान गएको थियो। घटनामा सात जना घाइते भएका थिए।
बम विस्फोटमा ज्यान गुमाएका गरिब परिवारलाई राज्यले बेवास्ता गरेपछि पीडित परिवारको सहयोगका लागि राज्यसँग कानुनी, नैतिक र वैचारिक संघर्ष गर्ने उद्देश्यले श्याम तामाङको संयोजकत्वमा ‘बबरमहल पीडित संघर्ष समिति’ गठन गरी चरणबद्ध आन्दोलन सञ्चालन गरिएको थियो। समितिको दबाबमूलक आन्दोलनपछि २०६९ जेठ ३० गते गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय धादिङलाई पत्राचार गर्दै बबरमहल बम विस्फोटमा मृत्यु भएका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउन रकम निकासा गरेको थियो। यससँगै पीडित परिवारले आर्थिक सहायता पाउने सुनिश्चित भएको थियो।
सरकारी निकायबाट लामो समयसम्म कुनै सहयोग नपाउँदा पीडित परिवारहरू गम्भीर समस्यामा परेका थिए। परिवारका मुख्य सदस्य गुमेपछि जीवनयापनमा कठिनाइ झेल्दै आएका ती परिवारलाई ढिलै भए पनि राहत उपलब्ध गराइएको हो।








Gotta say, logging into 7ggglogin wasn’t a hassle at all. Nice and smooth. If you’re looking to get in quickly, here’s the spot: 7ggglogin.
Yo, download that 136betapp! Makes betting on the go super easy. Interface is clean, and it doesn’t hog all my data. Thumbs up from me! 136betapp
Heard about 65bet1 from a friend. Signed up and had a quick look. The interface is nice and clean, and easy to use, still exploring. Check them out: 65bet1
https://shorturl.fm/8xzPj
https://shorturl.fm/DJRCi