घरमै रोजगारी, बारीमै वर्षमा ५–७ लाख कमाइ: बद्री अधिकारीको कृषि सफलता
402 पटक पढिएको
धादिङ । परम्परागत निर्वाहमुखी खेतीबाट सम्भावनायुक्त व्यावसायिक कृषितर्फ मोडिँदा स्वदेशमै राम्रो आम्दानी सम्भव छ भन्ने उदाहरण नीलकण्ठ नगरपालिका–२, सिउँडीबारका अगुवा किसान तोयनाथ अधिकारी (बद्री) ले प्रस्तुत गरेका छन्। सुन्तला खेतीका लागि चिनिएको धादिङको चिसो हावापानीमा उनले सुन्तला र जुनारसँगै तरकारी खेतीलाई जोड्दै घरमै बसेर आत्मनिर्भर बन्न सकिने प्रमाणित गरेका छन्।
सदरमुकाम धादिङबेसी नजिकै भए पनि दुर्गमजस्तै अवस्था रहेको सिउँडीबार गाउँमा बद्री अधिकारीले करिब दुई सय हाराहारी सुन्तला र जुनारका बोटको व्यावसायिक बगैंचा विकास गरेका छन्। पुराना बोट मर्दै जाने र नयाँ बिरुवा थपिँदै जाने क्रमसँगै उत्पादन निरन्तर बढिरहेको छ। यतिबेला उनको बगैंचामा पाक्दै गरेका पहेँलपुर जुनार र सुन्तलाले व्यावसायिक सफलताको संकेत दिइरहेका छन्।
फलफूलसँगै उनले बारीका पाटामा घुसुवा बालीका रूपमा गोलभेंडा, काउली, भन्टा, सागलगायत मौसमी तथा बेमौसमी तरकारी खेती पनि गर्दै आएका छन्। चिसो हावापानीका कारण किरा कम लाग्ने भएकाले रासायनिक विषादीको प्रयोगन रहेको बताउँदै उनले आफ्ना उत्पादन प्रायः अर्गानिक हुने गरेको दाबी गर्छन्। यसले बजारमा राम्रो माग र मूल्य दुवै पाइरहेको छ।
गत वर्ष मात्र सुन्तला र जुनार बिक्रीबाट करिब पाँच लाख रुपैयाँ आम्दानी गरेका अधिकारीले यस वर्ष आधाभन्दा बढी उत्पादन बिक्री भइसकेको जानकारी दिए। बाँकी उत्पादन बिक्रीपछि यस वर्ष पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी हुनेमा उनी आशावादी छन्। तरकारी खेतीबाट वर्षभरि नियमित आम्दानी हुने भएकाले आर्थिक जोखिम पनि कम भएको उनको अनुभव छ।
करिब दुई दशकदेखि निरन्तर कृषिमा संलग्न अधिकारीले भविष्य पनि यही क्षेत्रमा देखेका छन्। परिवारका सदस्यलाई समेत प्राविधिक रूपमा दक्ष बनाउँदै व्यावसायिक कृषि विस्तार गर्ने उनको योजना छ।
“विदेश नगई देशमै केही गर्न सकिँदैन भन्ने सोच परिवर्तन गर्नुपर्छ,” उनी भन्छन्, “कृषि, फलफूल, पर्यटन र जलविद्युतजस्ता क्षेत्रमा अपार सम्भावना छन्, आवश्यक भनेको सही नीति र व्यवहारिक सहयोग हो।”
यद्यपि नीतिगत कमजोरी, समयमा बीउ–मल नपाइनु, प्राविधिक जनशक्तिको अभाव र ग्रामीण सडकको कमजोर अवस्थाले किसानलाई अझै समस्या पारेको उनी बताउँछन्। उत्पादन भएको २४ घण्टाभित्र बजार पु¥याउन सक्ने सडक सञ्जाल भए लागत घट्ने र किसान तथा उपभोक्ता दुवै लाभान्वित हुने उनको धारणा छ।

धादिङ उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य ध्रुवबहादुर थापाका अनुसार आयातित फलफूलले बजार भरिँदा पनि उब्जाउ जमिन बाँझो रहनु चिन्ताजनक विषय हो। “बद्री अधिकारीजस्ता उदाहरणीय किसानलाई राज्यले प्रोत्साहन, सहुलियत ऋण र बजार सुनिश्चितता दिन सके कृषि क्षेत्रमा ठूलो परिवर्तन सम्भव छ,” उनी भन्छन्।
बद्री अधिकारीको सफलताले सिउँडीबार मात्र होइन, आसपासका गाउँका किसान र नयाँ पुस्तालाई पनि व्यावसायिक कृषि र फलफूल खेतीतर्फ आकर्षित गरेको छ। उनी हाल युवा र इच्छुक किसानलाई लक्षित गरी अनुभव आदान–प्रदान र तालिमसमेत दिँदै आएका छन्, जसले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने विश्वास गरिएको छ।








Alright, tried my luck at f88betvn. Honestly, not bad! The site’s pretty smooth and the odds are decent. Worth checking out if you’re looking for a new spot to place your bets. f88betvn
Alright, took a shot on 7gamesbet the other night. Odds seemed fair, and the interface was clean. No complaints here. If you’re looking to put some skin in the game, find out more at 7gamesbet.
https://shorturl.fm/m7gXd
https://shorturl.fm/6a8vk