बबरमहल बम काण्डमा पक्राउ परेपछि श्रम संस्कृति पार्टी उपाध्यक्ष तामाङ निलम्बित
354 पटक पढिएको
काठमाण्डौं । श्रम संस्कृति पार्टीले पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा), ‘विश्व क्रान्ति’ लाई पदबाट निलम्बन गरेको छ। बबरमहल बम विस्फोट काण्डमा दोषी देखिएको भन्दै प्रहरीले तामाङलाई पक्राउ गरेपछि सो पार्टीले निलम्बन गरेको हो ।
पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुसन्धानमा प्रहरीलाई कुनै प्रकारको अवरोध नपरोस् भनी तामाङलाई पार्टीमा रहेका कुनैपनि पदबाट हटाएर निलम्बन गरिएको बताए। उनले भने, “तामाङ राजनीतिक गतिविधिका कारण पक्राउ परेका कारण अनुसन्धानमा हाम्रो पार्टीले बाधा नपुर्याउने हेतुले निलम्बन गरिएको हो। अनुसन्धान अन्त्य नभएसम्म उनी पदमा नरहने हाम्रो निर्णय हो।”
प्रहरीका अनुसार, तामाङ संयुक्त जातीय मुक्ति मोर्चा नामक संगठनमा रहेकाले काठमाण्डौँ तथा देशका विभिन्न स्थानमा भएको बम विस्फोटका गतिविधिहरूमा संलग्न थिए। यस संगठनले २०६८ फागुन १५ मा बबरमहलस्थित नेपाल आयल निगम मुख्य गेट नजिक बम विस्फोट गराएको प्रहरीले दाबी गरेको छ, जसमा धादिङ जिल्लाका ३ जनाको मृत्यु र ७ जना घाइते भएका थिए।
यस्तै, तामाङलाई पाँचथरमा भएको अर्को बम विस्फोट घटनासँग पनि जोडिएको आरोप छ, जसमा एक जनाको ज्यान गएको थियो। सो समयमा उक्त संगठन भूमिगत रहेर हिंसात्मक गतिविधि गर्दै आएको प्रहरीले जनाएको छ।
यस अघि पक्राउ परेर कारागार बसेका तामाङलाई २०७६ साल फागुन ७ गते सरकारले प्रजातन्त्र दिवसको अवसरमा आममाफी दिएर रिहा गरेको थियो। तर रिहा पछि पनि पाँचथर घटनासँग सम्बन्धित मुद्दा दर्ता भएको र फरार देखिएको कारण सीआईबीले खोजी गर्दै उनलाई काठमाडौँको कपनबाट पक्राउ गरेको जानकारी प्रहरीले दिएको छ।
तामाङ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा गठन गरिएको श्रम संस्कृति पार्टीका उपाध्यक्ष हुन् र उनी धनकुटा, पार्खिवास–९ का स्थायी बासिन्दा रहेका छन्।
बबरमहल विस्फोट घटनामा धादिङ जिल्लाका मानबहादुर तामाङ, कृष्णबहादुर तामाङ र वीरबहादुर तामाङको मृत्यु भएको थियो।








Gotta say, lucky505 looks pretty sweet. Exploring it now. What are your thoughts? Find out more lucky505
Alright, I stumbled upon 80wim the other day. The sign-up process could be smoother, but the overall experience is good. Their selection of sports is impressive.
Just stumbled across kl88. Seems alright, nothing too crazy. I tried it and it’s okay. kl88
https://shorturl.fm/DPBpl