विश्व ध्यान दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइदै
394 पटक पढिएको
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइदैछ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइदैछ ।
विश्व ध्यान दिवस २०२५ को लागि, ‘एकमा परिवर्तन भनेको लाखौंमा परिवर्तन हो’ भन्ने नारा तय गरिएको छ । व्यक्तिगत रूपान्तरणको लहर प्रभावलाई प्राथमिकता दिदै संयुक्त राष्ट्र संघको ‘भित्रबाट संसारलाई निको पार्ने’ आह्वानलाई स्थिरता दिदै यस बर्षको विश्व ध्यान दिवसको नारा तय गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै ध्यान दिवस मनाउने निर्णय गरेको हो । मस्तिष्कलाई तनावमुक्त गर्न र आराम दिनका लागि ध्यान उचित प्रक्रिया र विधि मानिन्छ । प्राचीनकालमा आश्रममा बस्ने ऋषिमुनि र योगीहरूले अभ्यास गरे पनि पछिल्लो समय जीवन विज्ञान, विपश्यना, ओमशान्ति, पतञ्जलीलगायतले शान्त र आरोग्य जीवन अपनाउन सकिने गरी जनमानसमा ध्यानको अभ्यास गराउँदै आएका छन् ।
विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि ध्यानको महत्वबारे जागरूक बनाउने उद्देश्य राख्दछ । यो दिन विशेषगरी तनाव व्यवस्थापन, आत्मचिन्तन, र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन दिन ध्यान कार्यक्रम, सेमिनार, र कार्यशालाहरू आयोजना गरिन्छ ।








Bong88comlogin… Straight to the point. Easier login, supposedly. Always a pain when the main site’s down. Anyone using this to get in? Let me know! Here’s the link: bong88comlogin
Khelo247star is alright, I guess. It’s got a decent selection, but sometimes feels a bit clunky. Still, I keep coming back, so they must be doing something right! Maybe give them a try? khelo247star.
Interesting read! Seeing more platforms prioritize security like Genymotion is great – especially with the increasing focus on responsible gaming. If anyone’s looking, a quick genymotion download apk is easy & seems legit. Solid info on player protection here!
Time to log in and get your game on! ‘yoloclublogin’ makes accessing YOLO Club a breeze. What are you waiting for?, Enter now with this link: yoloclublogin and start to win!