निर्वाचन आयोगद्वारा ६ राजनीतिक दलको दर्ता खारेज
366 पटक पढिएको
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक वृत्तलाई झस्काउने निर्णय गर्दै ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। मंगलबार बसेको आयोगको बैठकले कानुनअनुसार पूरा गर्नुपर्ने अनिवार्य दायित्व पालना नगरेको भन्दै ती दललाई औपचारिक रूपमा दर्ताबाट हटाउने निर्णय गरेको हो।
आयोगका अनुसार समयमै आवश्यक विवरण नबुझाउने, पटक–पटक स्पष्टीकरण माग्दा पनि बेवास्ता गर्ने दलहरूमाथि कडा कदम चालिएको हो।
दर्ता खारेज हुने दलहरूमा आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक),माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी,नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली),नेपाल समाजवादी पार्टी रहेका छन्।
यसअघि आयोगले यी ६ दलसँगै शिव सेना नेपाललाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। शिव सेनाले मागिएको विवरण समयमै बुझाएपछि उसको हकमा कारबाही गरिएन। तर अन्य ६ दलले कुनै जवाफ नदिएपछि दर्ता खारेजको निर्णय लिइएको आयोगले जनाएको छ।
यद्यपि मंगलबारकै बैठकले निर्णय गरिसकेको भए पनि निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसको औपचारिक जानकारी भोलि सार्वजनिक गरिने बताएका छन्।








Yo, tai188bet looks promising. They’ve got a solid selection of games and the site’s not clunky like others I’ve tried. Worth a look if you’re into online betting. Check out tai188bet and let me know what you think!
Alright, so I stumbled upon nk88bet. It’s kinda basic, not too bad though. It’s alright overall. Have fun: nk88bet