नेकपाले धादिङका दुवै क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार सिफारिस
356 पटक पढिएको
धादिङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि धादिङका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ। पार्टीले समानुपातिक तथा राष्ट्रिय सभातर्फका उम्मेदवारको नामसमेत सिफारिस गरेको जनाएको छ।
प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ बाट जिल्ला कमिटीमा सिफारिस हुनेहरूमा राजेन्द्रप्रसाद पाण्डे, गंगालाल तुलाधर, सुवास खतिवडा, कुमारप्रसाद पाण्डे, दीपक लामिछाने र पित्तबहादुर डल्लाकोटी रहेका छन्।
समानुपातिकतर्फ सीता ढुङ्गाना, संगिता कडेल, उर्मिला सुवेदी, गौगात्री चौलागाईं, गंगालाल तुलाधर, सूर्य तामाङ, खेम भुजेल, बुद्ध गुरुङ, हिराबहादुर थापामगर र रामशरण सेन्चुरीको नाम सिफारिस गरिएको छ।
त्यसैगरी क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ राम बहादुर भण्डारी, पुष्प विक्रम मल्ल, अञ्जन थापा ‘कुमार’, नवराज गौली, अनिल रिजाल, जगत बहादुर सिंखडा, सरला धमला र शिशिर तामाङ सिफारिस भएका छन्।
समानुपातिकतर्फ इन्दिरा ढुङ्गाना, सरला धमला, लीलामणि न्यौपाने, अप्सरा सिंखडा, कृष्ण बहादुर दाहाल, शोभा डंगोल, बेदनीघी अधिकारी, लक्ष्मी थापा मगर, तिलक बहादुर थापा, उमेश घले, सन्दीप स्याम्चेन तामाङ, शान्त विक्रम बानियाँ, भिम परियार र राम बहादुर बस्याल रहेका छन्।
राष्ट्रिय सभातर्फ विष्णु पुकार श्रेष्ठ, गुरु प्रसाद बुर्लाकोटी, मोहन बहादुर कार्की र राम प्रसाद सापकोटा ‘कमल’को नाम सिफारिस गरिएको छ।
क्षेत्रीय कमिटीले सिफारिस गरेका नामहरू जिल्ला, प्रदेश हुँदै केन्द्रमा पठाइने प्रक्रिया अघि बढाइने नेकपा धादिङले जनाएको छ।








Alright guys, gotta say I’ve had some luck on Bigwin7! It’s got a cool vibe and the games are pretty engaging. I even managed to snag a few big wins. Give it a shot and see if you can hit it big! Check them out at bigwin7.
Hey guys, just stumbled upon fil777org. Looks kinda interesting. Is it legit? Curious what the community thinks before I jump in!