आज दिनभर पशुपतिनाथ मूल मन्दिर बन्द
307 पटक पढिएको
काठमाडौँ, ११ पुस ।सूर्य धनु राशिमा प्रवेशसँगै पशुपतिनाथ मूल मन्दिरमा परम्परागत धनुर्मास पूजा बिहीबार रातभर विशेष विधिसहित सम्पन्न भएको छ। पुस महिनाभर सूर्य धनु राशिमा रहने धार्मिक मान्यताअनुसार हरेक वर्ष साइत जुराएर पशुपतिनाथमा यो पूजा गर्ने चलन रहँदै आएको छ।
धनुर्मास पूजाअघि बिहीबार बिहान चिसो बढ्दै जाने समयलाई ध्यानमा राख्दै पशुपतिनाथलाई तातोपानीले स्नान गराइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो। बाला चतुर्दशीपछि चिसो तीव्र हुने भएकाले भगवान् पशुपतिनाथलाई चिसोबाट जोगाउने उद्देश्यले तातोपानी स्नान गराउने परम्परा रहेको उहाँको भनाइ छ।
वैदिक सनातन परम्पराअनुसार मीनपचासको समयमा जलचर प्राणीहरू समेत चिसोबाट बच्न पानीको सतहमुनि जाने विश्वास गरिन्छ। यही मान्यताअनुसार पशुपतिनाथलाई पनि धनुर्मास पूजा गरी गेडागुडीबाट बनेको खिचडी अर्पण गरिन्छ, जसलाई चिसोबाट जोगाउने प्रतीकात्मक कर्मका रूपमा लिइन्छ।
रातभर धनुर्मास पूजा सम्पन्न भएपछि आज शुक्रबार पशुपतिनाथलाई उपवास गराइने परम्परा छ। धार्मिक विश्वासअनुसार उपवासका दिन बिहान महादेव शिवपुरी डाँडामा गई तोरीको तेल लगाएर घाम ताप्नुहुने मान्यता रहेको छ। यही विश्वासका आधारमा आज बिहान पशुपतिनाथलाई तोरीको तेल लगाइएको छ भने बेलुकी शिवपुरी डाँडाबाट घाम तापेर फर्किनुहुने प्रतीकस्वरूप आरती गरिनेछ।
धनुर्मास र उपवास सम्पन्न भएपछि शनिबार बिहानदेखि पशुपतिनाथ मन्दिरमा नियमित पूजा–आराधना पुनः सुरु हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।








Oi, looking to snag the Superbet app, eh? Heard it’s pretty slick. Makes placing your bets on the go dead easy. Download’s straightforward enough. Here’s the link: superbet download
Just signed up for Jiliglorylogin, and the login process was super smooth. No annoying verification steps, just straight in! Fingers crossed the games are as good as the login. Check out jiliglorylogin!