देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम पुरुष मतदाता महिलाभन्दा करिब चार लाखले बढी
381 पटक पढिएको
काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि योग्य मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ। आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो।
प्रकाशित नामावलीअनुसार देशभर कूल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम भएका छन्। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला तथा २०० जना अन्य मतदाता रहेका छन्। यस अनुसार पुरुष मतदाताको संख्या महिलाभन्दा करिब ४ लाख २३ हजार ले बढी रहेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम अन्तिम मतदाता नामावली प्रकाशित गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसारको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरण समेटेर अन्तिम नामावली तयार गरिएको हो।
अन्तिम मतदाता नामावली सम्बन्धित मतदाताले आयोगको वेबसाइटमार्फत पनि हेर्न सक्ने व्यवस्था गरिएको छ। आयोगले (http://www.election.gov.np) मा नामावली सार्वजनिक गरिएको जनाएको छ।









Right, logged into brxbetlogin the other day. Process was simple enough. Didn’t have any issues getting in, which is always a good sign. Easy peasy: brxbetlogin
123wincom30? Another one bites the dust… or maybe not! Worth a quick look at least. Are their bonuses any good tho’? I wonder. 123wincom30
369jl is alright if you’re looking for a simple place to play. Nothing fancy, but it gets the job done. Easy to sign up and get started. Have a look 369jl