भूमि त्रिपाठी सहित धादिङका १६ जना निर्वाचन आयोगको कालोसूचीमा !
2093 पटक पढिएको
धादिङ-आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका केन्द्रिय सदस्य भूमि त्रिपाठी सहित धादिङ जिल्लाका १६ जना निर्वाचन आयोगको कालोसूचीमा परेका छन्। यी उम्मेदवारले फागुन २१ मा हुने निर्वाचनमा भाग लिन पाउने कि नपाउने भन्ने बहस शुरु भएको छ ।आयोगको यो निर्णयसँगै राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ। विभिन्न दल र सम्बद्ध व्यक्तिहरूले निर्णयमाथि आपत्ति जनाउने संकेत गरेका छन् भने कतिपयले यसलाई निर्वाचन प्रणालीको शुद्धीकरणतर्फको कदमका रूपमा व्याख्या गरेका छन्।
निर्वाचन आयोगले भने कानुनभन्दा माथि कोही पनि नहुने र निर्वाचनको स्वच्छता, निष्पक्षता तथा विश्वसनीयता कायम गर्न कालोसूचीको व्यवस्था कडाइका साथ लागू गरिएको स्पष्ट पारेको छ।
निर्वाचन आयोगका अनुसार धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका नेकपा एमालेका केन्द्रिय सदस्य भूमि प्रसाद त्रिपाठी, जनसमाजवादी पार्टी नेपालका पुष्कर सेढाई, स्वतन्त्र उम्मेदवार उत्तमराज शर्मा कँडेल, ऋषि खतिवडा, प्रदिप श्रेष्ठ, अर्जुन तिमल्सेना, प्रमोद उप्रेती, जनक भट्टराई, दिलवहादुर घले र जनता समाजवादी पार्टीका नोरमान तामाङलाई निर्वाचनमा भाग लिन चुनाव लड्न नपाउने भएका हुन् । भूमि प्रसाद त्रिपाठी अघिल्लो निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेसंग ७ हजार ९८१ मतान्तरले पराजित भएका थिए। पाण्डेले ३५ हजार ९३४ मत प्राप्त गर्दा त्रिपाठीले २७ हजार ९५३ मत ल्याएका थिए।
त्यस्तै, धादिङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकाहरूमा पनि निर्वाचन आयोगले कारबाही गरेको छ। नेपाली काँग्रेस (विपी)का शंकर दर्जी, स्वतन्त्र उम्मेदवार रुद्र बहादुर गेलाङ, बाबुकृष्ण श्रेष्ठ, टिकानिधी काप्री, राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमया तामाङ र जनता समाजवादी पार्टीका मेकरमान तामाङ आयोगको कालोसूचीमा परेका हुन् ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार अघिल्लो निर्वाचनमा उम्मेदवारहरूले तोकिएको समयभित्र निर्वाचन खर्च विवरण आयोगमा बुझाउन र मतदातासमक्ष सार्वजनिक गर्न नसकेका कारण कालोसूचीमा परेको हो। उनले भने कि प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भएर खर्च विवरण नबुझाउने वा बुझाएर पनि सार्वजनिक नगर्ने १,०८० जना उम्मेदवार आयोगको कालोसूचीमा परेका छन्।
कालोसूचीमा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा ,नेकपा एमालेका सचिव डा.राजन भट्टराई र शेरधन राई, काँग्रेसनेता विजयकुमार ग्रच्छदार,राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम, गणेश पराजुली, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, राप्रपाका नेता रबिन्द्र मिश्र, पुकार बम, राप्रपाकी खुश्बु ओली , स्वागत नेपाल र चलचित्र कलाकारबाट राजनीतिमा आएकी रेखा थापा समेत रहेका छन्।
आयोगले भनेको छ-निर्वाचन आयोगले २०८० वैशाख ४ गते प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका सबैलाई कानुनबमोजिम तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण बुझाएर सार्वजनिक गर्न निर्देशन दिएको थियो। तर, निर्देशनको अवज्ञा गर्ने उम्मेदवारहरू कारबाहीमा परेका हुन्।
निर्वाचन आयोगले तोकिएको समयभित्र निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो। तर, जरिवाना तिरे पनि विवरण सार्वजनिक नगरेकाहरू अझै कालोसूचीमै छन्।
निर्वाचन आयोगको ‘ब्ल्याक लिस्ट’ हेर्न यहाँ क्लिक गर्नुहोस ।









Betappbr1 é prática demais! Apostar pelo celular nunca foi tão fácil. O app é super intuitivo. Indico demais betappbr1.