एमालेका ११० समानुपातिक उम्मेदवार सार्वजनिक, धादिङबाट पुष्पराज कँडेल र गंगादेवीश्रेष्ठ मात्र
709 पटक पढिएको
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको ११० जना समानुपातिक उम्मेदवारको सूची सार्वजनिक भएको छ। बुधबार सार्वजनिक सूचीमा धादिङ जिल्लाबाट प्रा.डा. पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठको मात्रै नाम परेको छ।
प्रा.डा. कँडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष हुन् भने गंगादेवी श्रेष्ठ नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा कार्यालय सचिव हुन्।वन्द सूचीमा धादिङकी चेली क्रान्ति बुर्लाकोटीको नाम खस आर्य कलष्टरमा समाबेश भएको भएपनि उनि कास्की जिल्लालाई कार्यक्षेत्र वनाएर राजनितिमा सक्रिय रहँदै आएकी छिन ।
धादिङ जिल्लाले प्रा.डा. कँडेलसँगै पूर्व केन्द्रीय सदस्य जानुका सिम्खडाको नाम सिफारिस गरेको भए पनि केन्द्रले सिम्खडाको नाम हटाएर गंगादेवी श्रेष्ठलाई आदिवासी जनजाति क्लस्टरको दोस्रो नम्बरमा राखी निर्वाचन आयोगमा पेश गरेपछि एमाले धादिङका नेताहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।
एमालेको समानुपातिक सूची सार्वजनिक भएसँगै विभिन्न जिल्लामा आन्तरिक प्रतिक्रिया र बहस सुरु भएको छ।
एमालेका ११० समानुपातिक उम्मेदवार सूची
खस आर्यः
पद्मा अर्याल, टुकाभद्रा हमाल, निरुदेवी पाल, कोमल वली, नर्वदादेवी सिवाकोटी, एञ्जिला थापा, मेनुका काफ्ले, लता प्रसाईं, एशुदाकुमारी बराल, लीलाकुमारी भण्डारी, सानुमैया खड्का, नारायणकुमारी खनाल, प्रभा बराल (पौडेल), क्रान्ति बुर्लाकोटी, कल्पना शर्मा जोशी, विजया धिताल, भागिरथी कुमारी चन्द, गुरुप्रसाद बराल, पुष्पराज कँडेल, गोरखबहादुर बोगटी, नरेशप्रसाद पोखरेल, प्रेम पराजुली, पर्शुराम अधिकारी, लालबहादुर महतारा, रामबहादुर थापा (स्याङ्जा), हरिशंकर योगी, बालाराम शर्मा, दुर्गाबहादुर शाही, दीपकबहादुर पौडेल, ठानेश्वरप्रसाद बस्याल, लालबहादुर रावल, डफकुमार बास्तोला र बमबहादुर बिसी ।
आदिवासी जनजातिः
भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्वा, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मीना बराम, यमुना घले, मनकुमारी तितुङ, कान्ता राई, शर्मिला गुरुङ, सुमित्रा राजवंशी, हरुसरा राना, रामबहादुर थापा मगर, कुलभक्त शाक्य, युद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा, विद्यानन्दसिंह राजवंशी, सन्तबहादुर प्रजा, बागलाल बुढा मगर, ओमबहादुर घर्ती मगर, जेहेन्द्र सिंह ऐतवाल (सौका), प्रेम घले, दलबहादुर गुरुङ, विजयसिंह लामा तामाङ, नवीन रोक्का मगर, विषमलाल अधिकारी दनुवार र राजकुमार श्रेष्ठ ।
मधेसीः
रिगला यादव, यशोधाकुमारी यादव, वीणाकुमारी साह, शर्मिलाकुमारी यादव, मन्जु महतो, अंशु सिंह, बविता दास, आशा यादव, चन्देश्वर मण्डल, अरविन्द साह, रामचरित्र साह, राजेश अग्रवाल, सुशीलकुमार श्रीवास्तव, चन्देश्वर यादव, अनिलकुमार सिंह, विचारीप्रसाद यादव र सचिदानन्द साह ।
दलितः
विष्णुमाया विक, नीता घतानी, राधिका भुजेल साकी, अञ्जु नेपाली, मायादेवी पोडेनी, उर्मिलादेवी पासमान, मैना अछामी, सावित्रा घिमिरे, जितबहादुर दर्जी गौतम, यमबहादुर परियार, मनोहर विश्वकर्मा नेपाली, निर्मल देउला पोडे, सोम पोर्तेल, बोमबहादुर विश्वकर्मा र जगबहादुर नेपाली ।
थारुः
मञ्जुकुमारी चौधरी, शान्ता चौधरी, इच्छाकुमारी चौधरी, असरादेवी चौधरी, कृपाराम राना, शिवप्रसाद चौधरी र जजीर प्रसाद चौधरी ।
मुस्लिमः
साजिदा खातुन सिद्धिकी, रुही नाज, रोजीरन खातुन, मोहम्मद हारुन हलवाई र एकवाल मिया ।








Solya777, vaya que me ha dado algunas sorpresas! Al principio dude, pero ya le estoy agarrando el gusto. Ojalá sigan mejorando solya777.
Been using w88trangchu for a while now, and overall, I’m pretty happy with it. Nice selection of games, decent payouts. Check w88trangchu, pretty sure you won’t regret it.