सामाजिक सञ्जालको सहयोगले हराइरहेका चिरञ्जीवी भेटिए
362 पटक पढिएको
धादिङ ।सामाजिक सञ्जालको सकारात्मक प्रयोगले लामो समयदेखि परिवारको सम्पर्कबाट बाहिर रहेका चिरञ्जीवी पोख्रेल भेटिएका छन्। तर, उनको भेटसँगै आएको खुशी धेरै समय टिक्न सकेन। चिरञ्जीवी भेटिएको केही घण्टा भित्रै उनका बुबा रामप्रसाद पोख्रेलको उपचारकै क्रममा दुःखद् निधन भएको छ।
धादिङको नीलकण्ठ नगरपालिका–७, सुकौराबेसी निवासी रामप्रसाद पोख्रेलका छोरा चिरञ्जीवी करिब लामो समयदेखि सम्पर्कविहीन थिए। पारिवारिक पीडालाई मध्यनजर गर्दै केही दिनअघि सामाजिक सञ्जालमार्फत मानवीय अपिलसहित सूचना सार्वजनिक गरिएको थियो।
सूचना सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिनासाथ, हेटौँडामा एक होटलमा कार्यरत युवासँग चिरञ्जीवीको हुलिया मिल्दोजुल्दो देखिएको जानकारी प्राप्त भयो। प्राप्त सूचनाका आधारमा आफन्तले तत्काल पहल गर्दा अन्ततः चिरञ्जीवी पोख्रेल भेटिन सफल भएका हुन्।
यस घटनाले सामाजिक सञ्जाल सही उद्देश्यका लागि प्रयोग हुँदा हराइरहेका मानिससम्म पुग्न र परिवारलाई पुनर्मिलन गराउन प्रभावकारी माध्यम बन्न सक्छ भन्ने कुरालाई पुनः प्रमाणित गरेको छ।
तर, यही सकारात्मक घटनाबीच पनि पीडादायी समाचार आयो। गम्भीर बिरामी भई उपचाररत रहेका बुबा रामप्रसाद पोख्रेलको उपचारकै क्रममा निधन भयो। बुबा–छोराको भेट त सम्भव भयो, तर त्यो भेट अन्तिम घडीमा मात्र सीमितरहन पुग्यो।
घटनाले एकातिर सामाजिक सञ्जालको मानवीय सहयोग र एकताको शक्ति देखाएको छ भने अर्कोतिर जीवनको अनिश्चित र पीडादायी यथार्थ पनि स्मरण गराएको छ।








Just signed up with oleybetcom and so far, so good. The sportsbook seems to have a decent variety of events and the odds are okay. Could use a little more user-friendly interface, but overall not bad oleybetcom.