संघीय मामिला मन्त्रालयद्वारा ५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

309 पटक पढिएको

२३ पुष २०८२, बुधबार ०७:५६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । बढुवा समितिको सचिवालयले ५६ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।

बढुवा समितिको बुधबारको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत ३७ जना, नेपाल प्रशासन सेवा, लेखा समूह अन्तर्गत ४ जना तथा नेपाल प्रशासन सेवा, राजस्व समूह अन्तर्गत १५ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो।