आदमटारस्थित सत्यवती मावि ५० वर्षमा प्रवेश, स्वर्ण महोत्सव आजदेखि
346 पटक पढिएको
धादिङ -धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका–७ आदमटारस्थित सत्यवती माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा आजबाट आफ्नो स्वर्ण महोत्सवआयोजना गरेको छ। उद्घाटन समारोह वागमती प्रदेशका मुख्य मन्त्री इन्द्र बहादुर बानियाँले गर्ने कार्यक्रम तय गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार, समारोह तीन दिनसम्म सञ्चालन हुनेछ। पहिलो दिनको उद्घाटनपछि, आगामी पौष २६ र २७ गते विविध शैक्षिक, सांस्कृतिक तथा सम्मान कार्यक्रमहरू आयोजना गरिनेछ। विशेष कार्यक्रमहरूमध्ये खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, पूर्व विद्यार्थी र स्थानीय अग्रजहरूको सम्मान, पुर्नमिलन कार्यक्रम, र कल्याणकारी कोष स्थापना जस्ता गतिविधिहरू रहेका छन्। समारोहको मुख्य कार्यक्रम पौष २७ गते सम्पन्न हुने व्यवस्था गरिएको छ।
स्थापनाकालदेखि हालसम्म विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै, पूर्व विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि र विभिन्न संघ–संस्थाहरूको उपस्थितिमा कार्यक्रमलाई ऐतिहासिक बनाउने तयारी गरिएकोआयोजक समितिले जनाएको छ ।
विद्यालयले सम्पूर्ण शिक्षाप्रेमी, शुभेच्छुक तथा स्थानीयवासीहरूलाई समारोहमा सहभागिता जनाउन हार्दिक निमन्त्रणा गरेको छ।
सत्यवती माध्यमिक विद्यालयको ५०औँ स्वर्ण जयन्ती समारोहले शिक्षा, संस्कृति र सामाजिक सहभागितालाई जोड दिँदै विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने विश्वास गरिएको छ।







