आजका लागि विदेशी मुद्राको विनिमय दर कति ?
276 पटक पढिएको
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, भारतीय रुपैयाँसहित विभिन्न विदेशी मुद्राको खरिद तथा बिक्री दर निर्धारण गरिएको हो।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
अन्य प्रमुख मुद्रातर्फ युरोपियन युरो १को खरिददर १६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ। स्वीस फ्रयाङ्क १ को खरिददर १८० रुपैयाँ ०७ पैसा र बिक्रीदर १८० रुपैयाँ ८२ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ६ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर १ को खरिददर १०३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०४ रुपैयाँ १७ पैसा, तथा सिङ्गापुर डलर १ को खरिददर ११२ रुपैयाँ र बिक्रीदर ११२ रुपैयाँ ४७ पैसा तोकिएको छ।
एशियाली मुद्रातर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ १० पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा, चिनियाँ युआन १ को खरिददर २० रुपैयाँ ६९ पैसा र बिक्रीदर २० रुपैयाँ ७८ पैसा कायम भएको छ। साउदी रियाल १ को खरिददर ३८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६० पैसा, कतारी रियाल १ को खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६१ पैसा रहेको छ।
त्यस्तै, कुवेती दिनार १ को खरिददर ४७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ४५ पैसा, बहराइन दिनार १ को खरिददर ३८२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ०२ पैसा, तथा ओमनी रियाल १ को खरिददर ३७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ०७ पैसा तोकिएको छ।
नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमार्फत उपलब्ध हुने बताइएको छ।







