देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ
276 पटक पढिएको
काठमाडौँ । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित थप ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। सप्तरीको राजगढ गाउँपालिका-५ धनकी टोलबाट गाँजा करिब २५ किलो ५ सय ग्रामसहित देबेन्द्र मण्डल (४०) पक्राउ परेका छन्। मोरङ, विराटनगर महानगरपालिका-१६ बाट खैरो हेरोइन १ ग्राम २० मिलिग्रामसहित रिहान अन्सारी (२३) पक्राउ परेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका-८ बुढिया घाँटबाट खैरो हेरोइन ८ सय १० मिलिग्रामसहित पारस पार्की (२२), केशव कुञ्जेडा (२८) र रोहित कामी (२५) पक्राउ परेका छन्। कैलाली, धनगढी उपमहानगरपालिका-१ बसन्तटोलबाट ब्राउनसुगर ४ सय १० मिलिग्रामसहित १८ वर्षीय किशोर पक्राउ परेका छन्।
रूपन्देही, सैनामैना नगरपालिका-२ बनदेवीबाट ब्राउनसुगर करिब ४ ग्राम ४ सय ९० मिलिग्रामसहित बिशालमल्ल ठकुरी (२७), मन्जिल बराल मगर (२३) र अस्मिन रानामगर (२०) पक्राउ परेका छन्। भोजपुर, आमचोक गाउँपालिका-१० बाट गाँजा करिब ८७ किलो ५ सय ग्रामसहित मनिचन्द्र राई (४६) पक्राउ परेका छन्। ललितपुर, महालक्ष्मी नगरपालिका-३ ईमाडोलमा बस्ने मनोज कुमार (२३) ब्राउनसुगर करिब ८ ग्राम ४ सय ८० मिलिग्रामसहित पक्राउ परेका छन्।
प्रहरीले प्रत्येक स्थानमा आवश्यक अनुसन्धान जारी राखिरहेको र अवैध लागूऔषध नियन्त्रणका लागि सतर्कता जारी रहने जनाएको छ।







