राष्ट्रिय सभाको १९औँ अधिवेशन आजदेखि सिंहदरबारमा

283 पटक पढिएको

४ माघ २०८२, आईतवार ०७:५३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ। यसअघिसम्म नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवनमा बैठक हुँदै आएको भए पनि ‘जेनजी आन्दोलन’ का क्रममा सो भवनमा आगलागी भएपछि अधिवेशन सिंहदरबारस्थित संसद् सचिवालयमा सञ्चालन हुने व्यवस्था मिलाइएको छ।

संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्ने पहिलो बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ। साथै राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरी सभाले श्रद्धाञ्जली अर्पण गर्ने कार्यसूची तय गरिएको छ।

आगलागीपछि वैकल्पिक स्थानमा अधिवेशन सञ्चालन गर्नुपर्ने अवस्था आएकोले सुरक्षा, प्राविधिक र व्यवस्थापनका सम्पूर्ण तयारी पूरा गरिएको सचिवालयले जनाएको छ। अधिवेशनमा सरकारका विधेयक, नीति तथा समसामयिक विषयमा छलफल अघि बढाइने अपेक्षा गरिएको छ।