समानुपातिक बन्दसूचीका ३ हजार २१३ उम्मेदवारको नामावली सार्वजनिक
382 पटक पढिएको
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा रहेका ३ हजार २१३ उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
आयोगका अनुसार प्रारम्भमा ६४ राजनीतिक दलले पुस १३ र १४ गते ५८ वटा निर्वाचन चिह्नमा प्रतिस्पर्धा गर्ने गरी ३ हजार ४२४ जना उम्मेदवारको नाम बन्दसूचीमा पेस गरेका थिए। जाँचबुझका क्रममा अयोग्य ठहर भएका, दलहरूले संशोधन गरी हटाएका तथा केही उम्मेदवारले स्वेच्छाले नाम फिर्ता लिएका कारण २११ जनाको नाम सूचीबाट हटाइएको आयोगले जनाएको छ।
यससँगै समानुपातिकतर्फ अब ३ हजार २१३ उम्मेदवारको नाम कायम भएको हो। आयोगले बन्दसूचीमा समावेश उम्मेदवारको योग्यतामाथि दाबी–विरोध माघ १० गतेसम्म दर्ता गर्न सकिने जनाएको छ। योग्यतासम्बन्धी उजुरी परेमा कानुनअनुसार छानबिन गरी अन्तिम सूची प्रकाशन गरिने आयोगको भनाइ छ।
बन्दसूचीको नामावली हेर्न यहाँ क्लीक गर्नुहोला








Claim Your Exclusive Bonus on AsterDEX https://is.gd/CGTnqR