घलेलाई हटाएर रिजाललाई टिकट, एमाले धादिङ कार्यालयमा तालाबन्दी
478 पटक पढिएको
धादिङ । नेकपा एमालेको उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै धादिङस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। क्षेत्र नं. २ मा यसअघि सिफारिस गरिएका नेता धनबहादुर घलेको नाम एकाएक हटाएर हटाएर चन्द्र रिजाललाई टिकट दिएपछि स्थानीय कार्यकर्ताहरू आक्रोशित बनेका हुन्।
पार्टीको निर्णय प्रक्रिया अपारदर्शी भएको, स्थानीय संगठनको भावना बेवास्ता गरिएको तथा लामो समयदेखि संगठनमा योगदान दिएका नेतामाथि अन्याय गरिएको आरोप लगाउँदै कार्यकर्ताहरूले सोमबार साँझ कार्यालयको मुख्य गेटमा तालाबन्दी गरेका हुन्।
खनियावासका एमाले कार्यकर्ता इमान तामाङका अनुसार केन्द्रीय सचिवालयले पहिला संविधानसभा सदस्यसमेत रहेका घलेलाई उम्मेदवार सिफारिस गरेको थियो। तर सो निर्णय उल्टाउँदै रिजाललाई टिकट दिइएपछि विरोधमा उत्रनुपरेको उनले बताए।
गंगाजमुना, खनियाबास, रुबीभ्याली र त्रिपुरासुन्दरीलगायत क्षेत्रका कार्यकर्ताहरूले कार्यालयमा धर्नासमेत दिएका छन्। उनीहरूले घलेको नाममै उम्मेदवारी कायम गर्न र पछिल्लो निर्णय सच्याउन माग गरेका छन्।
माग पूरा नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी कार्यकर्ताहरूले दिएका छन्। यस विषयमा एमाले धादिङ जिल्ला कमिटी तथा केन्द्रीय नेतृत्वको औपचारिक प्रतिक्रिया भने हालसम्म आएको छैन।








Claim 5% Rebate and Exclusive Bonuses on AsterDEX https://is.gd/CGTnqR