धादिङमा ४८ मध्ये ४ मात्रै महिला उम्मेदवारी
384 पटक पढिएको
धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ धादिङ जिल्लामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी कूल ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। दर्ता भएका उम्मेदवारमध्ये महिला उम्मेदवारको संख्या चार जना मात्र रहेको छ, जसले जिल्लामा महिला सहभागिता न्यून रहेको देखाएको छ।
निर्वाचन आयोगका अनुसार माघ ६ गते देशभर एकैपटक सम्पन्न भएको मनोनयन दर्ता प्रक्रियामा कूल ३ हजार ४८६ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ३ हजार ८९ जना पुरुष, ३९६ जना महिला तथा १ जना अन्य वर्गका उम्मेदवार रहेका छन्।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको पूर्वनिर्धारित निर्वाचन कार्यतालिका अनुसार माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था गरिएको छ। दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जानकारी दिएको छ।
निर्वाचन नजिकिँदै जाँदा धादिङ जिल्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ भने उम्मेदवार र दलहरू मतदातासँगको सम्पर्क र तयारीमा जुटिरहेका छन्।







Dice games are surprisingly complex when you start thinking about probabilities! Seeing platforms like bet1x vip offer quick registration & deposits makes getting into the fun easier. KYC verification is smart for security too! 🤔